काठमाडौ, असार ८ (हाकाहाकी)–मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको मनसुन देशैभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आउने तीन दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको छ ।
वर्षासँगै मौसमी गतिविधि बढ्ने हुँदा, नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुन सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउनमौसम पूर्वानुमान महाशाखाले अनुरोध पनि गरेको छ ।
यस्तै आज रातिप्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक÷दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । देशको धेरै जसो स्थानहरुमा गएरातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।