२८ वैशाख, काठमाडौँ।
रिक्त रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन तथा वातावरणमन्त्री गीता चौधरीलाई तोकिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी चौधरीलाई कोषको अध्यक्ष नियुक्त गरेका हुन् । कोषको संरक्षक प्रधानमन्त्री रहन्छन् । प्रधानमन्त्रीले यहाँका अध्यक्ष नियुक्त गर्ने व्यवस्था छ ।
राज्यलाई आर्थिक व्ययभार नपरोस् भन्ने उद्देश्यले विगतमा वनमन्त्रीलाई कोषको अध्यक्ष बनाउने प्रचलन थियो । तर सो परम्परा तोड्दै यसअघि अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले आफ्ना स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई कोषको अध्यक्षमा नियुक्त गरेकी थिइन् ।
सो नियुक्तिलाई लिएर कार्कीको आलोचना सेलाउन नपाउँदै सरकारले सार्वजनिक निकायहरूमा राजनीतिक नियुक्ति लिएकाहरूलाई हटाएपछि कोषको अध्यक्ष पद रिक्त थियो ।





