Thursday, October 31, 2024

एक हजार भाडाका ट्याक्सी कारवाहीमा

काठमडौ, असार ८ (हाकाहाकी)– लकडाउनका नियम उलंघन गरेका १ हजार भाडाका ट्याक्सीलाई कारबाही गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

भाडाका गाडी चलाउन नदिने सरकारको निर्णय कायमै रहेकाले चलाएको भेटिए जहाँ भेटिन्छ, त्यहीँ कारबाही गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका प्रहरी उपरीक्षक वामदेव गौतमले आपतकालीन अवस्था बाहेक अरुलाई कारबाही भैरहेको बताउनुभयो । आइतबार मात्रै ३ सय ९२ वटा ट्याक्सीलाई होल्ड गरी छाडेको पनि गौतमले जानकारी दिनुभयो ।

चारपाङ्ग्रे र दुईपाङ्ग्रे गरी हिजो एकैदिन नियम उल्लंघन गर्ने १८ सय ६२ वटा गाडी कारबाहीमा परेका छन् । त्यसमा झण्डै १३ सय मोटरसाइकल रहेका पनि महाशाखाका प्रहरी उपरीक्षक गौतमले बताउनुभयो ।

यो सहित जोर–बिजोर नियम लागू भएपछि १६ हजार ४ सय भन्दा धेरै गाडी कारबाहीमा परेका छन् । सरकारले बिजोर गते बिजोर नम्बरका र जोर गते जोर नम्बरका गाडी चलाउन पाइने नियम लागू गरेको छ ।

सोमबार बिहानै नियम उल्लंघन गर्ने ६३ वटा गाडीलाई होल्ड गरिएको र त्यसलाई बेलुका ७ बजेपछि छोडिनेमहानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार