Wednesday, December 25, 2024

आइतबार ४ सय २१ संक्रमित, कुल संख्या ९ हजार नाघ्यो

काठमाडौ, असार ७ (हाकाहाकी)– नेपालमा पछिल्लो २४ घण्टामा ४ सय २१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आइतबार मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । संक्रमितमध्ये ८ सय २० जना महिला र ८ हजार २ सय ६ जना पुरुष रहेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै अर्घाखाँचीमा ७४ संक्रमित थपिएका छन् ।

यस्तै, सिराहाका ५२, डडेलधुराका ४१, डोटी र कैलालीका २७/२७, कपिलवस्तुका २५, बाग्लुङका २३, नवलपरासीका २२, प्युठानका २० तथा स्याङ्जा र दाङका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, धनुषाका ८ जना, गुल्मीका ७, झापा र सल्यानका ६/६ जना, उदयपुर, सर्लाहीका ५/५ जना, पाल्पा, म्याग्दी, तनहुँ र रोल्पाका ४/४ जना, बारा र बर्दियाका ३/३ जना, मोरङ, सुनसरी, महोत्तरी, सप्तरी, सुर्खेत, अछाम, बैतडी, बझाङ, रुपन्देही, नवलपुर र पर्वतका २÷२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, ललितपुरसहित नुवाकोट, रामेछाप, कास्की, मुस्ताङ, बाँके, दैलेख र कञ्चनपुरमा १/१ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणलाई जितेर १९४ जना डिस्चार्ज भएका छन् ।
योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या १ हजार ७७२ पुगेको छ । यसैगरी, अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ पुगेको मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार