Thursday, October 31, 2024

समुन्द्र पिँधको पाँच भागमध्ये एक भागको मात्र सर्वे सकियो

काठमाडौ, असार ७ (हाकाहाकी)– समुन्द्रको तल्लो सतह (पिँध) को पूर्ण नक्शा बनाउन जुटेकाहरुले अहिलेसम्म पाँच भागको एक भाग समुद्री क्षेत्रको सर्वे सकेको दाबी गरेका छन् ।

निपो फाउन्डेशन–जिइबिसिओ सिबेड २०३० प्रोजेक्ट अन्तर्गत सम्पूर्ण समुन्द्र सतहको नक्शा तयार पारिँदैछ ।

सन् २०१७ मा यो अभियान थाल्दा आधुनिक गुणस्तर अनुरुप जम्मा ६ प्रतिशत समुन्द्री पिँधको सर्वे भएको जनाइएको थियो । हाल यो तथ्यांक १९ प्रतिशतमा पुगेको जनाइएको छ । सन् २०१९ मा १४.५ मिलियन स्क्वायर किलोमिटर समुन्द्री पिँधको क्षेत्रफलको तथ्यांक समावेश गरिएको छ । अझै पनि पाँचमध्ये चार भाग समुन्द्री पिँधको आधुनिक सर्वे हुन बाँकी रहेको वैज्ञानिकहरुले जनाएका छन् ।

८१ प्रतिशत क्षेत्रफल अझै पनि सर्वे गर्न बाँकी रहेको परियोजना निर्देशक जेमी म्याकमाइकल–फिलिप्सले बताउनुभएको बीबीसीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार