Friday, September 20, 2024

पत्रपत्रिकामा आज : ताल सम्मेलन , राहतको पर्खाइमा गैंडापीडित र लोपोन्मुख खरमुजुर

आजका दैनिक पत्रपत्रिकामा अरु दिनको तुलनामा आज त्यत्ति वातावरणका समाचार प्रकाशित भएका छैनन् । राजधानी दैनिकमा ‘अन्र्तराष्ट्रिय ताल सम्मेलन सुरु ’ शिर्षकमा समाचार प्रकाशित छ ।
अन्र्तराष्ट्रिय ताल सम्मेलन शुक्रबारदेखि सुरु भएको छ ।
नेपाल ,जापान , भारत, बंगलादेश लगायत राष्ट्रका विज्ञहरुको सहभागिता छ । ती राष्ट्रवाट ताल संरक्षण प्रवद्र्धन र विकास सम्बन्धि विभिन्न २१ वटा कार्यपत्र प्रस्तुत हुँदैछन् । यहि खबर अन्नपूर्णपोष्ट दैनिकले पनि प्रकाशित गरेको छ । सम्मेलन आज सकिदैछ ।
यसैगरी ‘लोप हुँदै खरमुजुर’ शिर्षकमा सुदीप अधिकारीले बर्दियाबाट समाचार लेखेका छन् । संसारबाटै लोप हुने अवस्थामा पुगेको सो चरा अति संकटापन्न सूचीमा छ । बर्दिया राष्ट्रिय निकञ्जमा १० वर्ष अघि देखएिपनि पछिल्लो समय खरमुजुर नदेखीएको संरक्षणकर्मी बताउँछन् ।
अन्नपूर्ण पोष्टमै बाह्रैमास पानको पिरलो भएको गुल्मी मदाने गाँउपालिकाको पानी अभाव सम्बन्धि समाचार छ । दाङको कोइलाबासमा सीमापारबाट खानेपानी ब्यवस्थापन गर्न थालिएको खबर पनि यही पत्रिकामा छ । गुल्मीका केशर रोका र दाङबाट गोपाल शर्माले खबर लेखेका हुन् । यसैगरी डोटीको तेलेलेक जोगाउन सरकारी तवरबाट पहल सुरु भएको समाचार पनि यहि छ ।
कान्तिपुर दैनिकमा ‘राहतको पर्खाइमा गैंडापीडित’ शिर्षकको खबर प्रकाशित छ । गैंडाको आक्रमणबाट मरेका सोममाया बोटेका पतिको उपचारका क्रममा लागेको ऋणको बोझ र राहतको पर्खाइमा बसेको प्रसङ्ग खबरमा उतारिएको छ ।
यस्तै दोलखामा निसानामा क्रसर शिर्षकको अर्को खबर पनि कान्तिपुरमै छ । कान्तिपुर दैनिकको कोसेली पृष्ठमा इनरुवा बलाहाका ७२ वर्षे जीवनाथ पोखरेलको पंक्षीसँग जोडिएका चित्रलाई जोडेर वेदराज पौडेलले उनको पात्रको ब्याख्या गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार