काठमाडौ, जेठ ३० (हाकाहाकी)– दुई वर्षभन्दा मुनीका ७ जना बच्चासहित शुक्रबार कुवेतबाट एक सय ४० जना महिला फर्किएका छन्।
आम माफी पाएका नेपाली कामदारलाई स्वदेश फर्काउने निर्णयअनुसार कुवेत सरकार आफैले उनीहरुलाई देश फर्काएको हो।
जजिरा विमानले उनीहरुलाई नेपाल ल्याएको हो । शुक्रबार आएको विमानमा १२ वर्ष मुनीका अन्य दुई बालबालिका पनि छन्। जजिराले एक सय ४९ जनालाई नेपाल ल्याएको छ। यसअघि जजिराका २ वटा विमानले बिहीबार २ सय ९९ जना नेपाली महिला कामदारलाई स्वदेश फर्काएको थियो।
विदेशमा रहेका अलपत्र आफ्ना नागरिकलाई स्वदेश फर्काउने सरकारको निर्णयसँगै विभिन्न देशले आफै नेपाली कामदारलाई फर्काइरहेका छन्।
सरकार आफैले पनि विमान चार्टर्ड गरि नेपालीलाई ल्याउँदै छ। त्यसका लागि हवाई टिकट र होटलमा क्वारेन्टाइन बसे त्यसको खर्च यात्रु आफैले ब्यहोर्नुपर्ने सरकारको निर्णय छ।