काठमाडौ, जेठ ३० (हाकाहाकी)– नेपाल भारत सिमा नाकास्थित सर्लाहीमा सशस्त्र प्रहरी बल र भारतीय नागरिकबीच झडप भएको छ ।
झडपको क्रममा १ जनाको मृत्यु र ५ जना घाइते भएका छन् । यस झडपमा एकजना भारतीय नागरिकको ज्यान गएको छ । तीन सशस्त्र प्रहरीसहित अन्य दुई भारतीय नागरिक घाइते भएका छन्।
झडपको क्रममा मृत्यु भएको पुष्टि गर्दै सशस्त्र प्रहरी बलको प्रदेश २ को छिन्नमस्ता बाहिनीका डिआइजी राजु अर्यालले हाम्रा सुरक्षाकर्मीको एसएलआर हतियार खोसेर फ्याँकेपछि झडप भएको बताउनुभयो।
भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न लागेपछि झडप भएको हो।यो क्रममा सुरुमा १० राउण्ड हवाइ फायर गरिएको र पछि भारतीय नागरिकले हतियार नै खोसेर भागेपछि गोली चलाउनु परेको सशस्त्रले जनाएको छ।