काठमाडौ, जेठ ३० (हाकाहाकी)– नेपालमा मनसुन भित्रिएको जल तथा मौसम विभागले जनाएको छ । यसपालि मनसुन दुई दिन ढिलो गरी भित्रिएको हो ।
त्यसो त अघिल्ला बर्षहरुमा मनसुन यो भन्दा धेरै ढिलो नेपाल भित्रिने गरेको थियो । नेपालको पूर्वी सिमाबाट भित्रिने मनसुन सुदुर पश्चिमसम्म पुग्न एक सातासम्म लाग्ने गरेको छ ।
अहिले नेपालको पूर्वी क्षेत्रमा मनसुन सक्रिय रहेको र त्यहाँ ठूलो वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान गरिएको पनि गरिएको उल्लेख छ ।
नेपालमा अरु ठाउँमा भने बिस्तारै मनसुन प्रवेश गर्ने छ । यसपालिको मनसुनी गतिविधि निकै सक्रिय रहेकोले बाढी पहिरोको जोखिम उच्च रहेको पनि विभागले जानकारी गराएको छ ।