Saturday, November 2, 2024

चौबिस घण्टामा ४ सय ४८ कोरोना संक्रमित

काठमाडौ, जेठ ३० (हाकाहाकी)– विगत तीन दिनदेखि घटिरहेको कोरोना संक्रमितको संख्या शुक्रबार ह्वात्तै बढेको छ । चौबिस घण्टामा अहिलेसम्मकै धेरै ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार पुष्टि भएका संक्रमितहरुमध्ये ४ सय २४ जना पुरुष र २४ जना महिला छन् । योसँगै संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४ सय ४८ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २ र झापाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा महोत्तरीका १० जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भरतपुरको परीक्षणमा चितवनका १० जना संक्रमित देखिएका छन् भने पाटन अस्पतालमा धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिषंठानको प्रयोगशालामा सप्तरीका १७ जना, उदयपुरका ३ जना सिराहाका ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोशी अस्तपालको प्रयोगशालामा इलामका १, झापाका ६ र सुनसरीका १० जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जानकारी दिएको हो।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका १३, स्याङ्जाका २२ जना, नवलपरासी पूर्वका १ जना तनहुँका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पातलको प्रयोगशालामा बर्दियाका १५ जना र बाँकेका १ जनामा कोरोना संक्रमण भेटिएको छ ।

टेकु अस्पतालको प्रयोगशालामा नवलपरासी पूर्वका ४ जना र मोरङका १ जना र धादिङका २७ जनामा कोरोना संक्रमण देखिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरको परीक्षणमा धनुषाका १४ जना, महोत्तरीका ६ जना, सर्लाहीका ३ जनामा कोरोना देखिएको छ ।

प्रवक्ता गौतमका अनुसार धुलिखेल अस्पतालको प्रयोगशालामा कपिलवस्तुका ४ जना र सर्लाहीका ४ जनामा कोरोना भेटिएको छ भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ८ जना संक्रमित पाइएका छन् । सुर्खेतस्थित प्रयोगशालामा दैलेखका ३८ जना र सुर्खेतका ४५ जना कोरोना संक्रमित भेटिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका २, गुल्मीका १, पाल्पाका १, प्यूठानका १, रुपन्देहीका १६ र नवलपरासी पश्चिमका २ जना संक्रमित पाइएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा बाराका १ जना, धादिङका १ जना,धनुषाका १, नुवाकोटका १ जना, रौतहटका ८६ जना, काठमाडौंका १ जना र सर्लाहीका ५० जना कोरोना संक्रमित पुष्टि भएका छन् । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार