काठमाडौ, जेठ २९ (हाकाहाकी)— राष्ट्रियसभाको आजको बैठकमा सांसदले सरकारद्वारा बन्दाबन्दी अवधिमा विद्युत् महसुलमा छुट दिने निर्णय गरेको भए पनि कार्यान्वयनमा नआएको भनी गुनासो गरेका छन् ।
शून्य समयमा नेपाली कांग्रेसकी तारादेवी भट्टले गएको चैत र वैशाखको कूल १५० युनिटसम्म २५ प्रतिशत छुट दिने निर्णय कार्यान्वयन नभएकामा आपत्ति जनाउनुभयो ।
उहाँले, नेपाल टेलिकमले ग्राहकलाई विभिन्न सेवामा छुट दिने भनेर गरिएको निर्णयसमेत कार्यान्वयन नभएको बताउनुभयो ।