Saturday, November 2, 2024

विश्वकप लिग–२ को स्कटल्याण्डमा खेल्ने भनिएको सिरिज स्थगित

काठमाडौ, जेठ २९ (हाकाहाकी)— आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले स्कटल्याण्डमा खेल्ने एकदिवसीय सिरिज स्थगित भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज स्कटल्याण्डमा हुने सिरिज स्थगित गरिएको जनाएको छ । कोरोना भाईरसको कारण जुलाईमा तय भएको ६ खेलको एकदिवसीय सिरिज स्थगित भएको हो ।

सिरिजमा नेपाल सहित घरेलु टोली स्कटल्याण्ड र नामिबिया सहभागी हुने तय थियो । सिरिज जुलाई ४ देखि ११ सम्म हुने तालिका रहेको थियो ।

यस अघि आईसीसीले नामिबिया र पपुवा न्युगिनीमा तय भएको सिरिज स्थगित गरिसकेको छ ।

घरेलु टोलि नामिबिया, नेपाल र स्कटल्याण्डबीचको सिरिज अप्रिल २० देखि २७ सम्म तय भएको थियो । यस्तै नेपाल, पपुवा न्युगिनी र युएईबीचको सिरिज जुन ९ देखि १६ सम्म हुने तय थियो । विश्वकप लिग–२ प्रतियोगिता सन् २०२३ विश्वकप छनोट प्रतियोगितामा पुग्ने सुनौलो अवसर हो । जहाँ ७ राष्ट्रले ३४ एकदिवसीय अन्तराष्ट्रिय म्याच खेल्ने गर्छन् । तालिकाको शीर्ष तीन टोलिले सिधै विश्वकप छनोट खेल्न पाउने छन् ।

नेपालले यस अघि एक सिरिज खेलिसकेको छ । अमेरिका र ओमानसँगको सिरिजमा नेपालले ४ खेल खेल्दै २ मा जित र २ मा हार ब्यहोरेको छ । नेपाल ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार