काठमाडौ, जेठ २९ (हाकाहाकी)— पाकिस्तानले कोरानाबाट प्रभावित बनेका भारतीय परिवारलाई सहयोग गर्ने प्रस्ताव राखेको छ ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिहीबार ट्वीटरमार्फत भारतले चाहे पाकिस्तानले भारतका कोरोना प्रभावितलाई आर्थिक सहयोग गर्ने बताउनुभएको हो ।
पाकिस्तानले ‘एहसास कार्यक्रम’ मार्फत मद्दत गर्ने इच्छा व्यक्त गरेको हो । प्रधानमन्त्री खानले आफ्नो ट्वीटमा, भारतमा रहने परिवार जो लकडाउनका कारण अत्यधिक प्रभावित बनेका छन्, उनीहरुको सहजताको लागि पाकिस्तान एहसास कार्यक्रममार्फत उनीहरुलाई सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
पाकिस्तानी संचारमाध्यमका अनुसार ‘एहसास कार्यक्रम’ मार्फत पाकिस्तानी सरकारले लकडाउनबाट पीडित गरिब परिवारलाई आर्थिक मद्दत दिइरहेको छ।