Saturday, November 2, 2024

रुकुम पश्चिम घटना विशेष समितिद्धारा छलफल सुरु

काठमाडौ, जेठ २९ (हाकाहाकी)– रुकुम पश्चिम घटनाको अनुसन्धानका लागि गठित संसदीय विशेष समितिले प्रारम्भिक छलफल सुरु गरेको छ ।

विशेष समितिले बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई औपचारिक रुपमा भेट गरी छलफल सुरु गरेको हो ।

समितिका संयोजक देवेन्द्र पौडेलले अनौपचारिक रुपमा यसअघि नै कुरा भएको र आजदेखि औपचारिक छलफल सुरु भएको बताउनुभयो ।

संविधान संशोधनका लागि मतदान गरेलगत्तै घटनाको अध्ययन अनुसन्धानका लागि रुकुमको चौरजहारी जाने उहाँले बताउनुभएको छ ।

प्रतिनिधिसभाले रुकुम पश्चिममा ६ जना युवाको ज्यान जानेगरी भएको घटनाको छानबिनका लागि जेठ २६ गते सोमबार संसदीय विशेष समिति गठन गरेको थियो।

समितिको संयोजकमा नेकपाका सांसद देवेन्द्र पौडेलले हुनुहुन्छ भने सदस्यहरुमा सांसदहरु एकवाल मियाँ, दुर्गा पौडेल, पार्वती कुमारी विशुन्के लगायत हुनुहुन्छ ।

संसदीय विशेष समितिले रुकुमको चौरजहारीमा भएको घटनाको अनुसन्धान कार्य प्रारम्भ भएको मितिले ३० दिनभित्रमा सम्पन्न गर्नुपर्ने छ।

ताजा समाचार

सम्बन्धित समाचार