काठमाडौ, जेठ २९ (हाकाहाकी)– व्यवसायीले बन्दाबन्दी सकिएको ३० दिनभित्र कर तिरे हुने भएको छ ।
सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशमा कर तथा विवरण बन्दाबन्दी पूर्ण रुपमा खुलेको ३० दिनभित्र तिर्ने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
आन्तरिक राजश्व विभागले असार ७ गतेभित्र कर तिर्न जारी गरेको सूचना कार्यान्यवन नगर्न सर्वोच्च अदालतले हिजो अन्तरिम आदेश जारी गरेको थियो।
अधिवक्ता सिर्जना अधिकारीले दायर गरेको दुईवटा रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको इजलासले असार ७ गतेसम्म कर तिर्नुपर्ने निर्णय कार्यान्वय नगर्न अन्तरिम आदेश दिनुभएको छ ।
बन्दाबन्दीको अवधिसम्म कार्यान्वयन नगरी बन्दाबन्दी पूर्ण रुपमा खुले पश्चात बाटोको म्याद बाहेक ३० दिन भित्र सम्बन्धी विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सर्वोच्चले अन्तरिम आदेशमा भनिएको छ ।