Saturday, November 2, 2024

लकडाउन खुकुलो, सरकारी कार्यालय दुई चरणमा

काठमाडौ, जेठ २९ (हाकाहाकी)– सरकारले झण्डै तीन महिनादेखि जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ ।

बिहीबार सञ्चार मन्त्रालययमा मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता, अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले लकडाउनलाई केही खुकुलो बनाइएको बताउनुभएको छ ।
सबै सरकारी कार्यालय दुई चरणमा संचालन गर्ने निर्णय गरिएको छ । मन्त्री खतिवडाका अनुसार पहिलो चरणको कार्यालय ८ देखि १ बजेसम्म हुनेछ भने दोस्रो चरण १ देखि ६ बजेससम्म संचालन गर्न सरकारले निर्णय गरेको छ ।
यस्तै, डिपार्टमेन्ट स्टोर खुला गर्ने तर सपिङ मल खुला नगर्ने निर्णय भएको छ । डिपार्टमेन्ट स्टोरबाट आधारभूत आवश्यकताका सेवा प्रवाह हुने भएकाले खोल्ने निर्णय गरिएको मन्त्री डा. खतिवडाले जानकारी दिनुभयो ।

सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ । तर सरकारले निजी सवारी साधान सञ्चालनमा भने सहज व्यवस्था लागु गरेको छ ।

उपत्यकाभित्र जोर विजोर लागु गरेर निजी सवारी सञ्चालन गर्न दिइनेछ । गाडीमा चालकबाहेक दुई जना बस्न पाइनेछ भने मोटरसाइकलमा चालक मात्र हुनुपर्नेछ । उपत्यकाबाहिरको हकमा जिल्लाभित्र निजी सवारी सञ्चालन गर्न दिइने भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार