Saturday, November 2, 2024

कोरोनाले रोकिएको स्पेनिस लिग बिहीबारदेखि सुरु

काठमाडौ, जेठ २९ (हकाहाकी)– कोरोनाभाइरसको कारण रोकिएको स्पेनिस लिग फुटबल बिहीबारदेखि सुरु हुँदैछ ।
गएको मार्चदेखि कोरोना भाइरसको कारण स्थगितभएको यो सिजनका खेलहरुबन्द रंगशालामाकडा सावधानीसहित आज रातीदेखि फेरी सुरु हुनलागेको हो ।

नेपाली समय अनुसार रातिपौने दुई बजे सेभिल्ला र रियल बेटिसबिच खेल हुनेछ । यो खेल नै कोरोना भाइरसको कारण रोकिएको लिगपुनः सुरु हुने पहिलो स्पेनीलिगको खेल हुनेछ ।
स्पेन सरकारले खेलकुदविभागले लालिगा र स्पेनिस सकर फेडेरेशन (आरएफइएफ) सँग लिग फेरी सुरु गर्ने सम्बन्धी सहमति गरेपछि लालिगाकाबाँकीचरणका खेलहरु हुनलागेका हुन् ।

२७ खेल सकिँदाबार्सिलोना ५८ अंकसहितशीर्ष स्थानमा छ भने दोस्रो स्थानको रियल मड्रिडको ५६ अंक रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार