Saturday, November 2, 2024

मनसुन असार १ गते भित्रिने अनुमान

काठमाडौ, जेठ २८ (हाकाहाकी)– नेपालमा मनसुन पाँच दिन ढिलो (असार १ गते भित्रिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अघिल्लो बर्ष दश दिन ढिलो भित्रिएको थियो ।
सामान्यतया जुन १० (बुधबार)का दिन भित्रिनुपर्ने मनसुन यसबर्ष पाँच दिन ढिलो गरी भित्रिने संभावना रहेको मौसमवीद्ले बताए ।

त्यसो त जुन १० वा जेठ अन्तिम साता मनसुन नभित्रिएको धेरै बर्ष भइसकेको छ ।

नेपालमा मनसुन भित्रिनका लागि पानी पर्ने गतिविधि बढ्नाका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरी न्यून चापीय रेखा बन्नुपर्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

गएको वर्ष पनि १० दिन ढिलो अर्थात् (२० जुन) मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो ।

अहिले नेपालमास्थानीय वायु, पश्चिमी वायु र बंगालको खाडिमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेकोले बर्षा भएको महाशाखाले जनाएको छ ।

हाल देशको वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का सबै भूभागलगायत प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग र प्रदेश २ का पश्चिमतिरका भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।
त्यस्तै प्रदेश नं ५, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेश, लगायतका स्थानहरुका साथै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहि एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार