Saturday, November 2, 2024

भारतमा एकैदिनमा झण्डै १० हजार संक्रमित

काठमाडौ, जेठ २८ (हाकाहाकी)– भारतमा कोरोना भाइरसका कारण एकैदिनमा झण्डै १० हजार जना संक्रमित भएका छन् ।
सरकारी अधिकारीहरुले आज दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९ सय ८५ जना संक्रमित भएको पुष्टि भएको हो ।

योसँगै भारतमा कुल संक्रमितको संख्या २ लाख ७६ हजार ८३ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा २ सय ७९ जनाको मृत्यु भएको जनाएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ७ हजार ७ सय ४५ पुगेको छ । भारतमा अहिले पनि एक लाख ३३ हजार ६ सय ३२ जना संक्रमित अवस्थामै रहेका छन् भने सङ्क्रमण मुक्त भएकाहरुको संख्या एक लाख ३५ हजार २ सय ५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोराना भाइरसको संक्रमण भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिदै आएको छ । महाराष्ट्रमा मात्रै आजसम्म ९० हजार ७ सय ८७ जना सङ्क्रमित भएको एएनआई समाचार संस्थाले जनाएको छ । भारतमा अहिलेसम्म ५० लाख ६१ हजार ३ सय ३२ जनाको कोरोना परिक्षण गरिएको समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार