Saturday, November 2, 2024

सोमबार ३१४ संक्रमित पुष्टि, एकको मृत्यु

काठमाडौ, जेठ २६ (हाकाहाकी)— नेपालमा सोमबार थप ३ सय १४ जनामा कोरोना भाइरस संक्रमण र एक जनाको मृत्यु भएको छ ।

योसँगै देशभर संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ भने मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले यसबारेमा जानकारी दिनुभएको हो ।

सोमबार थपिएका ३ सय १४ संक्रमितमा २ सय ९४ जना पुरुष र २० जना महिला छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ९, सुनसरीका १, मोरङका ९, पाँचथरका १, सप्तरीका ६, धरानका १६, जनकपुरका १५, स्याङजाका १, कास्कीका १, पर्साका ८, बाराका ७, रौतहटका ४,दाङका ४, र बाँकेका १जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, बर्दियाका १८, दैलेखका १०, सल्यानका ५, सुर्खेतका १, अर्घाखाँचीका ३१, गुल्मीका १, कपिलवस्तुका १६, नवलपरासीका २, पाल्पाका १, प्युठानका ८, स्पन्देहीका ५, कपिलवस्तुका ७, महोत्तरीका १२, रौतहटका ७ र सर्लाहीका १०६ जना संक्रमित थपिएका हुन् ।

कोरोना भाइरसबाट अहिलेसम्म ७१ जिल्ला संक्रमित भएका छन् । प्रवक्ता डा. गौतमका अनुसार आज २१ जना कोभिड–१९ संक्रमणबाट निको भई घर फर्किएका छन् । जसमा महिला १ जना र पुरुष २० जना छन् ।

उनीहरुमध्ये बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २० जना र कोभिड–१९ युनिफाइड अस्पतालबाट एक जना डिस्चार्ज भएका हुन् ।

यसैगरी, कोभिड–१९ संक्रमणबाट सोमबार १ जनाको निधन भएको छ ।

स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका ५८ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । यो सँगै नेपालमा हालसम्म १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार