काठमाडौ, जेठ २६ (हाकाहाकी)— न्युजिल्याण्डमा कोरोनाभाइरस संक्रमितको संख्या शून्यमा झरेको छ ।
त्यहाँको स्वास्थ्य विभाग महानिर्देशक एस्ली ब्लुमफिल्डले आज दिएको जानकारीअनुसार अन्तिम संक्रमितको पनि उपचार भइसकेको छ । अन्तिम संक्रमितको उपचार भएसँगै न्युजिल्याण्ड हाललाई कोरोना संक्रमणमुक्त देश बनेको छ ।
न्यूजिल्याण्डमा पछिल्ला १७ दिनमा कोरोनाका नयाँ संक्रमित भेटिएका छैनन् । फेब्रुअरी २८ पछि पहिलो पटक कोहि पनि संक्रमित भएको छैन तर कोभिड–१९ विरूद्धको सतर्कता निरन्तर आवश्यक रहेको बिबिसिले जनाएको छ ।
अहिलेसम्म त्यहाँ एक हजार ५ सय जनामा मात्रै संक्रमण देखिएको छ भने २२ जनाले ज्यान गुमाएका छन ्। संक्रमित संख्या शून्यमा झरेसँगै प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले कोरोना भाइरसलाई रोक्न लगाइएका प्रतिबन्ध हटाउने घोषणा गर्नुभएको छ । उहाँले आज मध्यरातदेखि सबै प्रतिबन्ध फुकुवा गर्ने बताउनुभयो ।
उहाँले लकडाउन खुकुलो बनाए पनिे अन्तर्राष्ट्रिय उडान भने स्थगित नै गर्ने बताउनुभयो ।