Saturday, November 2, 2024

राष्ट्रपतिको आलोचना भएपछि ब्राजिलले वेबसाइटबाट कोरोनासम्बन्धि सबै तथ्याङ्क हटायो

काठमाडौ, जेठ २५ (हाकाहाकी)– राष्ट्रपति जायर बोलसोनारोले कोरोना महामारीको नियन्त्रण गर्न नसकेको भन्दै आलोचना भएपछि ब्राजिलले सरकारी वेबसाइटबाट कोरोना संक्रमणसम्बन्धी सबै तथ्याङ्क हटाएको छ ।

ब्राजिलले अबदेखि हरेक २४ घन्टामा संक्रमित र मृत्यु भएका व्यक्तिको मात्र तथ्याङ्क सार्वजनिक गर्ने भएको छ । देशभर मृत्यु भएका कुल संक्रमित र मृतकको तथ्याङ्क सार्वजनिक गरिने छैन । राष्ट्रपति बोलसोनारोले संक्रमित र मृतकको कुल तथ्याङ्कले हालको स्थितिको चित्रण नगर्न बताउँदै आएका छन् ।

ब्राजिल हाल विश्वमै धेरै कोरोना संक्रमित भएको दोस्रो देश बनेको छ । ब्राजिलमा पछिल्लो समय दैनिक एक हजार जना भन्दा धेरैले ज्यान गुमाउँदै आएका छन् । हालसम्म ब्राजिलमा ६ लाख ७६ हजार ४ सय ९४ संक्रमित छन् भने ३६ हजार ४४ भन्दा बढीले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन् । विश्व स्वास्थ्य संगठन डब्लुएचओले दिएको लकडाउनको सुझाबलाई समेत राष्ट्रपति बोलसोनारोले अस्वीकार गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार