Saturday, November 2, 2024

मास्क र पीपीईको गुणस्तर मापदण्ड निर्धारण

काठमाडौ, जेठ २५ (हाकाहाकी)– नेपाल गुणस्तर तथा नापतौल विभागले मास्क तथा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को गुणस्तर मापदण्ड निर्धारण गर्ने भएको छ ।
यसका लागि विभागले आज गुणस्तर परिषदमा मास्क र पीपीईको गुणस्तर मापदण्ड प्रस्तुत गर्दैछ । परिषद्बाट स्वीकृत भएपछि गुणस्तर निर्धारण हुने विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिनुभएको छ ।

विभागले पहिलो चरणका लागि मास्क र पीपीई दुई किसिमका र ५–६ प्रकारका पन्जाको गुणस्तर निर्धारण गर्ने महानिर्देशक पुडासैनीले बताउनुभएको छ । कोभिड–१९ संक्रमणको प्रकोप बढेसँगै मास्क, पीपीई, सेनिटाइजरलगायत स्वास्थ्य सामग्रीको गुणस्तरबारे सवाल उठेका छन् ।

सेनिटाइजरको गुणस्तर भने औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार उत्पादन गर्नुपर्ने व्यवस्था गरिसकेको छ । मास्क, पीपीई र पन्जाको गुणस्तर भने नापतौल विभागले निर्धारण गर्ने तयारी गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार