काठमाडौ, जेठ २५ (हाकाहाकी)– राष्ट्रियसभाको आइतबारको बैठकले ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ ।
बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
बैठकले प्रधानमन्त्रीका तर्फबाट कृषिमन्त्री भुसालले राखेको ‘तथ्याङ्क विधेयक, २०७६ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेकोे छ ।
बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ‘राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन २०७५÷०७६’ तथा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक पर्सि मंगलबार ११ बजे बस्नेछ ।