Saturday, November 2, 2024

स्वास्थ्य मन्त्रालयले फेरी प्रवक्ता फे¥र्यो

काठमाडौ, जेठ २५ (हाकाहाकी)– कोरोना संक्रमित र मृतकहरुको संख्या बढिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने मन्त्रालय र स्वास्थ्य सेवा विभागका पदाधिकारी तथा कर्मचारीहरु हेरफेरमा लागेको छ ।

मन्त्रालयले आइतबार यसअघिका प्रवक्ता डा. विकास देवकोटालाई हटाएर उहाँको स्थानमा डा. जागेश्वर गौतमलाई ल्याएको छ । यसअघि मन्त्रालयले विभागका महानिर्देशकसहित केही कर्मचारीहरुको सरुवा गरेको थियो ।

स्वास्थ्य मन्त्रालयमा भर्खरै सरुवा भई आएका गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले जानकारी दिनुभयो । यसअघि उहाँ परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका प्रमुख हुनुहुन्थ्थो ।

स्वास्थ्य मन्त्रालयले यसअघिका प्रवक्ता डा. विकास देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिएको छ ।
मन्त्रालयले महामारी जस्तो कठिन अवस्थामा पनि आफु अनुकुलका मान्छे ल्याएर सुचना लुकाउन प्रपञ्च गरेको त होइन भनी विभिन्न क्षेत्रमा क्रियासिल व्यक्तिहरुले टिप्पणी गरेका छन् । सामाजिक संजालहरुमा बिरोध जनाएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार