Saturday, November 2, 2024

‘विद्युतीय साधन माथिको कर राष्ट्र विरोधी कदम’

काठमाडौ, जेठ २५ (हाकाहाकी)– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तापक्षका सांसदहरुले विद्युतीय सवारी साधनमा बढी कर थपेर राष्ट्र बिरोधी काम गरेको टिप्पणी गर्दै तत्काल फिर्ता गर्न माग गरेका छन् । उनीहरुले बजेट माथिको छलफलका क्रममा सुरु देखि नै बिरोध गर्दै आएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा पार्टीका तर्फबाट सांसद देवेन्द्रराज कँडेलले आगामी आवको बजेटमार्फत विद्युतीय सवारीमा लगाइएको औसतमा १ सय १३ प्रतिशतसम्मको कर व्यवस्था प्रतिगमनकारी भएको टिप्पणी गर्नुभयो ।

बैठकको प्रारम्भमै काँग्रेस सांसद आफ्नो स्थानमा उभिएपछि सभामुख अग्निप्रसाद सापकोटाले दिएको समयमा सांसद कँडेलले सरकारको यो कदम जनताप्रति उत्तरदायी नभएको र वातावरण विनाशक भएको आरोप लगाउनुभयो ।

उहाँले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरी पेट्रोलियम पदार्थको आयात कम गरेर व्यापार घाटा कम गर्न सकिने धारणा व्यतm गर्नुभयो ।

वातावरण प्रदूषण कम गर्न र मानिसको स्वास्थ्यमा सुधार गर्नका लागि विद्युतीय सवारीमा लगाइएको कर फिर्ता गर्नुपर्ने नेता कँडेलले माग गर्नुभयो ।

नेपालले अन्तरराष्ट्रिय रुपमा गरेको प्रतिबद्धता विपरीतसमेत यो व्यवस्था रहेको बताउँदै उहाँले प्रदूषण नियन्त्रणका लागि पनि विद्युतीय सवारी साधनमा लगाइएको कर फिर्ता लिई यसको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

सत्तापक्षकी सांसद पम्फा भुषाले आइतबारपनि विद्यूतीय साधनमा लगाइएको कर हटाउन माग गर्नुभयो । उहाँले यसलाई राष्ट्र विरोधी कदमका रुपमा व्याख्या गर्नुभयो । देशमा विद्यूत उत्पादन बढिरहेका बेला यसको खपतका लागि योजना बनाउनु पर्नेमा उल्टै वातावरणमैत्री साधनमा कर थपेर खनिज इन्धनको आयातलाई प्राथमिकता दिइएको उल्लेख गर्दै आलोचना गर्नुभो ।
विपक्षी सांसद गगन थापाले पनि यसलाई बजेट निर्माणमा भएको उच्चतम लापरवाही भएको टिप्पणी गर्नुभयो ।

आइतबारमा संसदमा बोल्ने अधिकांस सांसदले विद्यूतीय साधन माथिको कर अविलम्ब हटाउन माग गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार