काठमाडौ, जेठ २५ (हाकाहाकी)– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस संक्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र संक्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ ।
शनिबारसम्म विदेशमा १ सय २५ जनाको सो संक्रमणबाट मृत्यु भएको र ५ हजार ५ सय ९० जना संक्रमण मुक्त भएका छन् । संक्रमण दर गत साताभन्दा ७५ प्रतिशतले कमी आएको जनाइएको छ । एनआरएनएका संयोजक डा सञ्जीव सापकोटाका अनुसार गत हप्ता कतारमा चारजना, कुबेत र युकेमा एक÷एक गरी ६ जनाले ज्यान गुमाएका थिए ।
विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित भएका सो सस्थाले जनाएको छ । सो भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुबेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्विडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।
संयोजक सापकोटाका अनुसार विदेशमा १४ हजार ४ सय ५४ जना नेपाली कोरोनाबाट सङ्क्रमित भएका छन् ।