Saturday, November 2, 2024

काठ व्यवसायीसँग घुस लिने वडाध्यक्ष पक्राउ

काठमाडौ, जेठ २४ (हाकाहाकी)– पाल्पाका एक वडाध्यक्ष रूपन्देहीमा घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ का वडाध्यक्ष देवेन्द्र पुनलाई आज तीन लाख नगदसहित पक्राउ गरेको हो ।

अख्तियारको टोलीले आज बिहान करीब ८ बजे रुपन्देहीको सैनामैना नगरपालिका–१०, झिमझिमे भन्ने स्थानबाट एक काठ व्यवसायीबाट तीन लाख रूपैयाँ लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगका सूचना अधिकारी सुरेश भुषालले जानकारी दिनुभयो ।

अख्तियारको नियन्त्रणमा पर्नुभएको पुनले आफ्नो वडामा रहेको काठ लिलाम ती व्यक्तिलाई मिलाइदिने भनी आश्वासन दिएर रकम माग गरी बुझ्दै गरेको अवस्थामा नगदसहित नियन्त्रणमा लिइएको उहाँको भनाइ छ ।

ताजा समाचार

सम्बन्धित समाचार