Saturday, November 2, 2024

३ सय ६५ जना कोरोनामुक्त

काठमाडौ, जेठ २४ (हाकाहाकी)– नेपालमा ३ सय ६५ संक्रमित कोरोनामुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ बाट ७९, प्रदेश २ बाट १३३, बागतीबाट ३२, गण्डकीबाट ३, प्रदेश ५ बाट ९६, कर्णालीबाट ९ र सुदूरपश्चिमबाट १३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार आजसम्म पीसीआर विधिबाट ९२ हजार ४७७ र आरडीटीबाट १ लाख ३७ हजार ४३५ नमूना परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा पीसीआरबाट ४ हजार १११ र आरडीटीबाट ५ हजार ५७० नमुना परीक्षण भएका छन् ।

यस्तै, देशभर क्वारेन्टाइनमा बस्ने मानिसको संख्या एक लाख ६८ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार देशैभरका क्वारेन्टाइनमा दिनप्रतिदिन मानिस थपिने क्रम बढिरहेको छ । सबैभन्दा धेरै सुदूरपश्चिममा छन् ।
शनिबारसम्मको तथ्यांक अनुसार सुदूरपश्चिममा ६० हजार २४३ जना क्वारेन्टाइनमा छन् । प्रदेश ५ मा ४१ हजार २१७ र कर्णाली प्रदेशमा ३२ हजार २६५ जना रहेका छन् ।

त्यस्तै, प्रदेश २ मा २१ हजार ९२, गण्डकी प्रदेशमा ५ हजार ३९८, प्रदेश १ मा ४ हजार ३०३ र बागतीमा ३ हजार ५१३ जना रहेका छन् । आइसोलेसनमा रहेका संक्रमित २ हजार ८५७ जना रहेका छन् । जस अन्तर्गत प्रदेश १ मा १७०, प्रदेश २ मा ९४३, बागमतीमा ५५, गण्डकीमा ७०, प्रदेश ५ मा ९६१, कर्णालीमा ५६७ र सुदूरपश्चिममा ९१ जना संक्रमित आइसोलेसनमा रहेको प्रवक्ता डा. देवकोटाले बताउनुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार