Saturday, November 2, 2024

कोरोनाबाट १३ को मृत्यु, शनिबार २ जनाको पुष्टि

काठमाडौ, जेठ २४ (हाकाहाकी)– कोभिड– १९ बाट शनिबार थप दुई जनाको मृत्यु भएको छ । उनीहरुको मृत्यु गत बुधबार र शुक्रबार भएपनि कोरोना पुष्टि भने शनिबार मात्र भएको हो ।

एकैपटक दुई जना मृतकको कोरोना पुष्टि भएको पहिलो पटक हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. देवकोटाले डोल्पा र कैलालीमा एक÷एक जनाको कोभिड– १९ का कारणले मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार धनगढी उपमहानगरपालिका वडा नं ४ कि ५५ वर्षीया महिला र डोल्पा जगदुल्लाका ५८ वर्षका पुरुषको कोभिड– १९ का कारण मृत्यु भएको हो ।

महिलाको डायलासिस गर्दागर्दै यही जेठ २३ गते र पुरुषको जेठ २१ गते राति मृत्यु भएको थियो । सेती प्रादेशिक अस्पतालमा मिर्गौलाको डायलासिस गराउन आएकी महिलाको मृत्यु भएको थियो ।

महिलाको सेती प्रादेशिक प्रयोगशाला र पुरुषको कर्णाली विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोभिड– १९ को सङ्क्रमण देखिएको थियो ।

पुरुष सुर्खेतबाट जेठ १६ गते गएर जेठ १८ गते क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनमा बसेका बेला उनको निधन भएको थियो । पुरुष दमका बिरामी रहेका थिए । कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि कर्णाली विज्ञान प्रतिष्ठानबाट टोली गइरहेको छ । यसअघि शुक्रबार एक जनाको मृत्यु भएको थियो ।

यसअघि पाल्पामा २० जेठमा मृत्यु भएका ४५ वर्षीय युवकको थ्रोट स्वाब नमूना परीक्षण गर्दा कोभिड(१९ पोजिटिभ देखिएको थियो ।

पाल्पाका पूर्वखोला ४५ वर्षीय ती युवक पाँचदिन अघि भारतबाट आएका थिए । उनलाई क्वारेन्टाइनमा राखिएको थियो । श्‍वासप्रश्‍वासमा समस्या आएपछि पाल्पाको मिसन अस्पतालमा भर्ना गरिएको थियो । उनको २० जेठमा मृत्यु भएको थियो । स्वाब नमूनाको परीक्षण रिपोर्ट शुक्रबार मात्र आएको हो । रिपोर्ट आएसँगै मन्त्रालयले कोभिड–१९ बाट मृत्यु भएको पुष्टि गरेको थियो ।

यसअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत दोलखाका ७६ वर्षीय व्यक्तिको बुधबार कोरोना संक्रमणबाट मृत्यु भएको थियो । १५ जेठमा उनमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो । आईसीयूमा उपचाररत उनको मृत्यु भएको थियो । उनलाई ह्यामो ¥याजिक स्ट्रोक थियो र १५ गते उनको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएपछि थप उपचारका लागि टिचिङ अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो ।

यसअघि सिन्धुपाल्चोक, ललितपुर, बाँके, गुल्मी, बारा, अर्घाखाँची, दैलेख र बाजुरामा एक÷एक जनाको मृत्यु भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार