Saturday, November 2, 2024

रुकुम घटना छानविन गर्न संसदीय समिति

काठमाडौ, जेठ २३ (हाकाहाकी)– संसदले रुकुम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ ।

संसदको आज बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गर्नुभएको हो ।

उहाँले दलहरूसँग परामर्श गरेर समितिमा रहने सदस्यहरू तय गरिने बताउनुभयो ।

१० जेठमा पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँकी आफ्नी प्रेमिकालाई लिन भनेर जाजरकोटबाट गएका नवराज विकसहित ६ जनाको ‘हत्या’ भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार