Saturday, November 2, 2024

स्वाब भण्डारणका लागि ‘डिफ्रिज’ नभएपछि पाँच दिनका लागि स्वाब संकलन स्थगित

काठमाडौ, जेठ २३ (हाकाहाकी)– सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि आवश्यक पर्ने स्वाब संकलनको काम पाँच दिनका लागि स्थगित गरिने भएको छ ।

स्वाब ‘स्टोरेज’ गर्न आवश्यक पर्ने ‘डिफ्रिज’ नहुँदा पाँच दिनका लागि स्वाब संकलनको काम नगर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले ९ ओटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको हो ।

सुदूरपश्चिममा रहेको एकमात्र प्रयोगशालामा शुक्रबारसम्म ११०० स्वाब संकलन गरिएको छ । दैनिक २५० जनाको ‘पीसीआर’ परीक्षण भइरहेको छ ।

प्रयोगशालामा तत्काल थप स्वाब राख्न नसकिने भन्दै पाँच दिनका लागि संकलनको काम रोक्न भनिएको निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिनुभयो ।

उहाँले प्रयोगशालामा ११०० भन्दा बढी स्वाब राख्न सकिने अवस्था नभएकाले पाँच दिनसम्म संकलन गर्ने काम रोक्ने निर्णय भएको बताउनुभयो।

ताजा समाचार

सम्बन्धित समाचार