Saturday, November 2, 2024

लकडाउनमा वातावरण दिवस

काठमाडौ, जेठ २३ (हाकाहाकी)– सुरक्षित भविष्यका लागी जैविक विविधता भन्ने नारा सहित शुक्रबार विश्व वातावरण दिवस मनाइएको छ । हरेक वर्षको जुन ५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।

सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महशूस गरी वर्षेनी विश्व वातावरण दिवस मनाउने गरिएको हो ।

यसैबीच जैविक विविधताको संरक्षण विना वातावरण संरक्षण गर्न नसकिने र जलवायु परिवर्तनको असरले गर्दा जैविक विविधता संरक्षणमा पनि पछिल्ला दिनमा अझ चुनौति थपिएकाले सरकारले वातावरण संरक्षणका लागि थप चिन्तिीत भएर अघि बढ्नुपने त्रिवि प्राणिशास्त्र केन्द्रिय विभागका सहप्राध्यापक डा.दयाराम भुषालले बताउनुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार