६८ देशमा खोप अभियान प्रभावित, बाल मृत्यु दर बढ्ने चेतावनी

काठमाडौ, जेठ २२ (हाकाहाकी)– कोरोना भाइरसका कारण विश्वभरी खोप अभियान अवरुद्ध भएकाले रोकथाम गर्न सकिने रोगबाट लाखौँ बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् ।

कम्तीमा ६८ वटा देशमा खोप अभियान प्रभावित भएको छ । नियमित रूपमा सञ्चालन हुँदै आएको त्यस्तो अभियान केही देशमा पूर्ण रूपमा बन्द भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस फैलिने क्रम रोख्न सकिने अपेक्षासहित धेरै देशलाई नियमति खोप अभियान स्थगित गर्न सुझाव दिएको थियो ।

तर अहिले त्यसबाट दीर्घकालीन प्रभाव पर्ने भन्दै विश्व स्वास्थ्य सङ्गठन तथा अन्य संस्थाहरू चिन्तित भएको बि.बि.सि को खबरमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार