Friday, September 20, 2024

तथ्यांकमा जलस्रोत, सिंचाइ र ऊर्जा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले गत मंगलबार स्वेतपत्र जारी गर्दै वैकल्पिक ऊर्जालाई प्राथमिकता दिएको घोषणा गरे ।

‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानको प्रभावकारी कार्यान्वयन गर्न २०७५–०८५ को अवधिलाई ‘ऊर्जा तथा जलस्रोत दशकको रूपमा अघि बढाउने भन्दै नीतिगत मार्गचित्र प्रस्तुत गरेका मन्त्री पुनले वर्तमान अवस्थाको पनि चित्रण गरेका थिए ।

उनका अनुसार ‘नदी किनाराका गरा, सदा हराभरा’ भन्ने नाराका साथ पहाडी क्षेत्रका नदी छेऊछाउमा अवस्थित कृषि योग्य जमीनमा सौर्य ऊर्जाको समेत उपयोग गरी लिफ्ट सिंचाइ आयोजनालाई अभियानकै रुपमा सञ्चालन गरिनेछ ।
मन्त्री पुनले जारी गरेको स्वेतपत्रमा जलस्रोत, सिंचाइ, ऊर्जाको वर्तमान अवस्था कस्तो छ ?

हेर्नुस् तथ्यांकमा

जलस्रोत
–नेपालका नदी नालाको सरदर वार्षिक बहाव करिब २ सय २५ अर्ब घनमिटर रहेको अनुमान
–पुुनर्भरणयोग्य भूमिगत ५ दशमलव ८ र ११ दशमलव ५ अर्ब घन मिटरको बीचमा रहेको अनुमान
–उपलब्ध जलस्रोतमध्ये सिंचाइमा २८ दशमलव ८ अर्ब घन मिटर,
उद्योगमा ० दशलमव.५ अर्ब घन मिटर र सेवा क्षेत्रमा ० दशमलव ०१ अर्ब घन मिटर पानी उपयोग भइरहेको अनुमान
–हाल नेपालको जल उपयोग दक्षता ०.६ अमेरिकन डलरप्रति घन मिटर रहेको
ऊर्जा÷विद्युत
– नेपालको विद्युत विकासको यात्रा वि.सं. १९६८ जेठ ९ मा ५ सय किलोवाटको फर्पिङ जलविद्युत केन्द्रबाट शुरु भएको
–१ हजार ७३ मेगावाट क्षमता बराबरका विद्युत आयोजनाहरू राष्ट्रिय विद्युत प्रणालीमा आबद्ध । जसम्धये जलविद्युतबाट १ हजार १६ मेगावाट, डिजेल÷मल्टिफ्युलबाट ५४ मेगावाट र सौर्य ऊर्जाबाट २ दशमलव ६८ मेगावाट
–जडित १ हजार ७३ मेगावाटमध्ये नेपाल विद्युत प्राधिकरणबाट ५ सय ६२मेगावाट र निजी क्षेत्रबाट ५ सय ११ मेगावाट
–राष्ट्रिय विद्युत प्रणालीमा उच्चतम् माग करिब १ हजार ३ सय मेगावाट
–भारतबाट ४ सय ५० मेगावाटसम्म आयात गरिने गरिएको

वितरण प्रणाली तथा ग्राहक सेवा

– मुलुकका ७६ जिल्लामा (सोलुखुम्बुमा स्थानीय निजी विद्युत
कम्पनीबाट विद्युत वितरण भइरहेको) विद्युत सेवा उपलब्ध भइरहेको
–२०७४ फागुन मसान्तसम्ममा प्राधिकरणको ग्राहक संख्या ३४ लाख ६५ हजार ८ सय २२ पुगेको ।
–क्षमता ग्राहक संख्याको ९४ प्रतिशत गार्हस्थ ग्राहकले ४१ दशमलव ८५ प्रतिशत विद्युत उपभोग, १ दशमलव ४ प्रतिशत औद्योगिक ग्राहकले ३५ दशमलव ६१ प्रतिशत विद्युत उपभोग र ४ दशमलव ६ प्रतिशत अन्य ग्राहकहरूले २२ दशमलव ५४ प्रतिशत विद्युत उपभोग गरिरहेको
–नेपाल विद्युत प्राधिकरण बाहेक २ सय ८१ वटा स्थानीय सामुदायिक संस्थाबाट करिब ५ लाख ग्राहकलाई सेवा प्रदान भइरहेको
–यसका साथै बुटवल पावर कम्पनीबाट स्याङ्जा, पाल्पा, अर्घाखाँची र प्यूठान जिल्लाका करिब ५० हजार ग्राहकहरुलाई विद्युत सेवा प्रदान भइरहेको
–नेपाल विद्युत प्राधिकरण मातहतका अ८ वटा क्षेत्रीय कार्यालय अन्तर्गतका १ सय ३ वटा वितरण केन्द्र
–ग्रामीण विद्युतीकरणको कार्य ३३÷११ केभि सबस्टेशन एवम् ३३ केभि, ११ केभि तथा ०.४÷०.२२ केभि वितरण लाइनमार्फत् गरिदै आएको

अनुमतिपत्रको अवस्था

–हाल कुल ४ हजार ६ सय ४२ मेगावाट क्षमताका १ सय ७२ वटा आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र जारी भई निर्माणको चरणमा
–विद्युत उत्पादन अनुमतिपत्रको लागि कुल ३ हजार ४ सय ६६ मेगावाट क्षमताका ३६ वटा आयोजनाका प्रवद्र्धकहरुबाट प्राप्त दर्खास्तहरुमा कारवाही भइरहेको
–कुल १५ हजार ८ सय ८७ मेगावाट क्षमताका ३ सय २ वटा आयोजनाका प्रवद्र्धकहरुलाई विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र जारी भई अध्ययनको विभिन्न चरणमा
–१ सय वटा विद्युत प्रशारण लाइनको सर्वेक्षण अनुमतिपत्र तथा ९६ वटा विद्युत प्रशारण लाइनको निर्माण अनुमतिपत्र जारी

विद्युत खरीद सम्झौता (पीपीए)

– २०७४ को अन्त्यसम्ममा निजी क्षेत्रका विद्युत प्रवद्र्धक कम्पनीहरू र नेपाल विद्युत प्राधिकरण बीच कूल जडित क्षमता ४ हजार १ सय ३८ मेगावाट. बराबरका २ सय ४४ वटा आयोजनाको विद्युत खरीदबिक्री सम्झौता
– जसमध्ये कूल जडित क्षमता ५ सय ११ मेगावाट बराबरका ७३ वटा आयोजनाबाट व्यापारिक उत्पादन शुरु भई राष्ट्रिय विद्युत प्रशारण प्रणालीमा आबद्ध भइसकेको
–जडित क्षमता २ हजार ३ सय २३ मेगावाट बराबरका १ सय ४ वटा आयोजनाहरूको वित्तीय व्यवस्था भई निर्माणाधीन अवस्थामा
–जडित क्षमता १ हजार ३ सय ३ मेगावाट बराबरका ५७ वटा आयोजनाहरू निर्माणका विभिन्न चरणमा

वैकल्पिक ऊर्जा

–नवीकरणीय ऊर्जाको स्रोतबाट ५५ मेगावाटभन्दा बढी विद्युत उत्पादन
– नवीकरणीय ऊर्जाबाट ३६ लाख भन्दा बढी घरधुरी लाभान्वित
–लघु तथा साना जलविद्युत र सौर्य विद्युतको माध्यमबाट देशका करिब १८ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको तथा ३० हजार रोजगारी पाएको
–नवीकरणीय ऊर्जा सम्बन्धी ८ वटा कार्बन आयोजना जलवायू परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय ढाँचा महासन्धीमा दर्ता
–१६ लाख टन प्रमाणित हरित गृह ग्याँस उत्सर्जन न्यूनीकरण गरी कार्बन व्यापारबाट हालसम्म करिब एक अर्ब रुपैया बराबरको
आम्दानी
–क्षमता उत्पादित ऊर्जामा नवीकरणीय ऊर्जाको योगदान ३ दशमलव ५ प्रतिशत
–वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत् हालसम्म विभिन्न नवीकरणीय उर्जा प्रविधिमध्ये ४ लाख ४ सय ३२ वटा घरायसी बायोग्याँस प्लान्ट
–ठूला बायोग्याँस प्लान्ट ८८ वटा
–माटोका सुधारिएको चुलो १३ लाख ४३ हजार २ सय ४२
–घरेलु सौर्य विद्युत प्रणाली ७ लाख ९४ हजार २ सय ७६
–सुधारिएको पानी घट्ट १० हजार ६ सय ५४ वटा
–संस्थागत सौर्य विद्युत प्रणाली १ हजार ७ सय १ वटा
–फलामे सुधारिएको चुलो ४१ हजार ९० वटा
–लघु तथा साना जलविद्युत आयोजनाबाट २९ हजार ४ सय ५७ किलोवाट
–सौर्य वायु मिनीग्रीड प्रणालीबाट ४ सय १३ किलोवाट विद्युत उत्पादन
–नवीकरणीय ऊर्जाको उत्पादनमूलक परिप्रयोगबाट २ हजार भन्दा बढी साना तथा मझौला उद्योगहरुको स्थापना भई आर्थिक सवलीकरणमा मद्दत पुगेको

सिंचाइ तथा जल

– देशको कुल क्षेत्रफल १ करोड ४७ लाख १८ हजार १ सय हेक्टरमध्ये कुल कृषि योग्य क्षेत्रफल २६ लाख ४१ हजार हेक्टर
–कुल सिंचाइ योग्य जमीन करिव १७ लाख ६६ हजार हेक्टर
–हालसम्म कुल १४ लाख ३३ हजार २ सय ८७ हेक्टर जमीनमा सिंचाइ संरचनाहरु निर्माण भई सिंचाइ सुविधा
–कुल सिंचित क्षेत्रफल मध्ये भूमिगत सिंचाइबाट भएको सिंचित क्षेत्रफल ४ लाख ४३ हजार ३ सय ६५ हेक्टर
–कृषक व्यवस्थित सिंचाइ प्रणालीबाट भएको सिंचित क्षेत्रफल १ लाख ६७ हजार ९ सय २५ हेक्टर
–सतह सिंचाइबाट सिंचित भएको क्षेत्रफल ८ लाख १३ हजार ६७ हेक्टर
–नेपालको कुल सिंचित क्षेत्रमध्ये करिब एक तिहाई भू–भागमा मात्र वर्षै भरी सिंचाइ सुविधा पुगेको

ताजा समाचार

सम्बन्धित समाचार