Friday, September 20, 2024

हावाहुरीबाट मृत्यु भएकाको परिवारलाई १ लाख

काठमाडौं–सरकारले मंगलबारको हावाहुरीबाट मृत्यु भएकाको परिवारलाई १ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले हावाहुरीबाट घर क्षति भएकाहरुलाई आवासको व्यवस्था गर्न तत्काल २ वण्डल जस्तापाताको व्यवस्था गर्ने पनि निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । त्यस्तै गत असार साउन महिनामा गएको बाढी र केही दिनअघिको असिना पानीबाट पीडितलाई राहत दिने निर्णय गरेको राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए ।

यो राहत प्रधानमन्त्री दैवीप्रकोप उद्दार तथा राहत कोषबाट दिइने भएको हो । त्यसका लागि कोषले गृह मन्त्रालय मातहतको केन्द्रीय दैवीप्रकोप उद्दार समितिमा १ अर्ब रुपैयाँ निकासा दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

यसैगरी सरकारले तराईका धनुषा, महोत्तरी र सिराहा जिल्लामा परेको असिनापानीले र्पुयाएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । बैठकले तराईका तीे जिल्लाहरुमा असिनापानीले र्पुयाएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार