Thursday, September 19, 2024

पहिरोमा परेर दुई जनाको मृत्यु

डोल्पा – त्रिपुरा सुन्दरी नगरपालिका–६ चिप्ले भिरस्थित जाजरकोट–डोल्पा सडक खण्डमा मंगलबार सडक माथिबाट पहिरो आई पुरिएर दुई जनाको मृत्यु भएको छ ।

काम गर्ने क्रममा पहिरोमा परी रुकुम आठबिसकोट नगरपालिका–१० बस्ने २१ वर्षीय देबबहादुर चन्द र २९ वर्षीय अमृत रानामगरको मृत्यु भएको छ । साथै सोही ठाउँ बस्ने ४१ वर्षीय सत्यबहादुर शाही घाइते भएकाले उपचारको लागि खदाङ्गतर्फ लगिएको प्रहरीले बताएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार