Saturday, November 16, 2024

रातो मच्छिन्द्रनाथ रथयात्रा लकडाउन सकिए लगत्तै

चैत २९ –नेपालकै सबैभन्दा लामो रथयात्राका रुपमा लिइएको रातो मच्छिन्द्रनाथको जात्रा सरकारले जारी गरेको लकडाउन सकिए लगत्तै गर्ने तयारी भएको छ ।

सरकारले जारी गरेको लकडाउन सकिए लगत्तै सरोकारावालावीच छलफल गरेर रथ जात्रा सुरु गुठी संस्थान ललितपुर शाखा कार्यालयका प्रमुख राजन भुजुले जानकारी दिए । उनका अनुसार ज्योतिष, मच्छिन्द्रनाथका पुजारी , पानेजु ,स्थानीय , जनप्रतिनिधी, गृह मन्त्रालयका प्रतिनिधी ,गुठि संस्थान लगायतसँगको छलफल पछि हाललाई जात्रा स्थगीत गरि लकडाउन सकिएर स्थीति सामान्य बनेपछि जात्रा सुरु गर्ने निर्णय भएको छ । बिहीबार लकडाउनका बीच पनि लगनखेलस्थित डबलीमा लगेर वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको बिधिपुर्वक महास्नान गरीएको छ ।

शुक्रबारदेखी रथ निर्माण सुरु गर्ने तयारी थियो , अब लकडाउन अगाडी निर्माण कार्य पनि नहुने भएको उनले बताए । अब रथ निर्माणको काम लकडाउन सकिएपछि क्षमा पूजा गरेर सुरु गरिने निर्णय भएको छ ।

कोरोना भाइरस संक्रमणको खतराका कारण यस्तो गरिएको हो , उनले भने । रथ बनाउनका लागी आवश्यक पर्ने काठ , रथ बाध्न प्रयोग हुने बेत र डोरीको पनि प्रवन्ध मिलीसकेकाले लकडाउन लगत्तै जात्रा सुरु गर्न कुनै कठिनाई नहुने कार्यालयका प्रमुख भुजुले जानकारी दिए ।

किंवदन्तीका अनुसार लिच्छवी राजा नरेन्द्रदेवका पालामा भारतको कामरूप कामाख्या गई ’वुंगद्य’ अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याइएको थियो । गुरु गोरखनाथले नव नागको आसन बनाई बसिदिएका कारण बाह्र वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचाजु, ललित ज्यापु तथा कर्कोटक नागराजासमेत कामरूप कामाख्या गई ’वुंगद्य’ अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याएका थिए ।आप्mना गुरु मच्छिन्द्रनाथ देखेपश्चात् गोरखनाथ गुरुको दर्शनका लागि जाने व्रmममा नव नाग मुक्त भई वर्षा भएको र सहकाल लागेको विश्वास छ ।

यही किंवदन्तीका आधारमा हालसम्म पनि मच्छिन्द्रनाथको मूर्तिलाई रथयात्रा गर्ने परम्परा छ । रथमा राखिएको तीन दिनपछि मच्छिन्द्रनाथको रथलाई पाटनका विभित्र स्थानमा परिव्रmमा गराइन्छ । पुल्चोक, गाःबहाल, सुन्धारा, महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल, पोडेटोल, जावलाखेलमा परिक्रमा गराइन्छ । मच्छिन्द्रनाथकोृ जात्राका क्रममा नरिवल खसाल्ने जात्रा , भोटो देखाउने जात्रा पनि पर्छन् । जाउलाखेल पुर्‍याएपछि रथबाट भोटो देखाएर जात्रा सकिने परम्परा छ । हरेकदिन रथ तानेर पुर्‍याइएका ठाउँमा जात्रा मनाउने गरिन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार