धनगढी, चैत २८– भारतबाट आएका संक्रमित नागरिक र उनीबाट स्थानियलाई कोरोना संक्रमण भएपछि सुदूरपश्चिम यस महामारीको उच्च जोखिममा रहेको आकलन गरिएको छ । र, यही घटनाक्रम पछि नेपालमा कोरोनाको महामारी दोस्रो चरणमा प्रवेश गरेको पुष्टि पनि भएको छ ।
सेती प्रादेशिक अस्पतालका चिकित्सक शेबबहादुर कमरले जोखिमको आकलन यसरी गरेका हुन । उनले भने, ‘यसैमा हामीले पर्याप्त संख्यामा कोरोनाको परिक्षण गर्न सकेका छैनौ । त्यसैले समुदायमा यो फैलिएको छ कि छैन भनेर यकिन गर्न सकेका छैनौ’, उनले भने ।
स्वदेश फर्किएकाहरु क्वारेन्टाइनमा नबस्नु, बसेकाहरुपनि मापदण्ड अनुसारको क्वारेन्टानइन नहुँदा संभावित जोखिममा पर्नु, लकडाउनका बेला समेत भारतबाट फर्किनेहरुको संख्या नघटनु, पर्याप्त संख्यामा स्वाब परिक्षण हुननसक्नु जस्ता घटनाक्रमले गर्दा सुदूरपश्चिमका गाँउहरु समेत उच्च जोखिममा त छैनन भन्ने आकलन गर्न थालिएको छ ।
सुदूरपश्चिमका अस्पताल आएकामध्ये मिल्दो लक्षण देखिएका १४ जनाको घाँटीको स्वाब जाँच भैइसकेको थियो । चैत ११ गते ज्वरो र खोकी लागेपछि दुवईबाट तीन दिन अघि घर फर्केका धनगढी उपमहानगरपालिका वानं ५ का ३४ बर्षिय युवक सेती प्रादेशिक अस्पताल पुगे ।
समान्य अवस्था भएपनि उनको ट्राभेल हिस्ट्रीका आधारमा चिकित्सकले अस्पतालको आईसोलेसनमा भर्ना गरेर स्वाव संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ पठाइयो । चैत १४ गते उनको नमुनाको रिपोट पोजेटिभ आएसँगै सुदूरपश्चिममा कोरोना भाईरस कोभीड १९ को पहिलो संक्रमण देखिएको हो । उनी नेपालको चौथो संक्रमित थिए । माघ ९ गते पहिलो संक्रमण नेपालमा देखिएको थियो । चीनवाट फर्केकामा देखिएकोमा उनी निको भएर घर फर्किसकेका छन । सुदूरपश्चिममा पहिलो संक्रमण देखा परेको एकसाता पछि चैत २२ गते एकैदिन तीन जनामा कोेरोना देखियो । यस अघि सम्म नेपालमा देखिएका ६ जना सवैमा तेश्रो मुलुकुवाट आएकामा मात्र संक्रमण देखिएकोमा पहिलो पटक ट्राभल हिस्ट्री नभएको संक्रमितको व्यक्तीमा देखियो भने दुई जना भारतवाट फर्केकाहरुमा देखियो । अझै अचम्मको कुरा यी तैनै जनामा कुनै लक्षण थिएन ।
देशभरीमा ९ जना मध्य ४ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ भने २ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भैरहेको छ । बाग्लुङका २ जनाको धौलागिरी अंचल अस्पतालमा उपचार भैरहेको छ ।
भारतवाट फर्किएका हजारौ क्वारेन्टाईनमा बसेनन्
भारतका बिभिन्न राज्यमा कोरोना संक्रमण देखापरेपछि फागुनको अन्तिम साता देखि घर फर्कन शुरु गरेका नेपालीहरु सरकारले लकडाउन गरेर नाकावन्द गरेपछि पनि आउने क्रम रोकिएन् । सुदूरपश्चिमका मुख्य दुई नाका महेन्द्रनगरको गड्डाचौकी र धनगढीको त्रिनगर लगायतवाट यो अवधीमा डेढ लाख बढी भित्रिएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । यि मध्य प्रायजसो सुदूरपश्चिमकै छन । यती ठुलो संख्यामा भित्रिएका नेपालीहरु क्वारेन्टाईनमा वस्नु त टाढाको कुरा कुन कुन ठाउँमा गएका छन भनेर एकिन तथ्यांक समेत छैन । गाउँ घरमा निर्वाध ढंगले भारतवाट फर्केकाहरु घुमिरहेका छन । सरकारले लकडाउन गरेपछि चैत ११ गते भारतवाट आएका १५ सय बढीलाई प्रशासनले नाका प्रवेश गर्न दिएर क्वारेन्टाईनमा वस्नुपर्ने शर्तमा घर घरमा पुगाईदियो । यि मध्य आधाजसो क्वारेन्टाईनमा वसे भने केही क्वारेन्टाईनमा नवसी घरघर गए । लकडाउन पछि आएका र केही घर घरवाट खोजेर ल्याएर बिभिन्न स्थानिय तहले बनाएका क्वारेन्टाईनमा २ हजार ४ सय ८ जना राखिएको छ ।
क्वारेन्टाईनमा वसेका मध्य कुनै लक्षण नदेखिएका भारतवाट फर्केका २ जनामा कोरोना भाईरसको संक्रमण देखा परेपछि भारतवाट आएर गाउँ गाउँ घुमिरहेका हजारौ जना भएकाले संक्रमणको उच्च जोकिम भन्दै बिज्ञहरुले समेत चिन्ता गरेका छन ।
मुलुकभरी ९ जना संक्रमण देखिएकोमा ४ जना सुदूरपश्चिम प्रदेशको छन भने दोश्रो चरणमा प्रवेश गरेको लोकल ट्रान्समिसनको केस पनि यहि देखिएको छ भने यस अघि तेश्रो मुलुकवाट आएकोमा मात्र संक्रमित देखिएकोमा भारतवाट आएकामा देखिएकाले बढी जोकिम देखिएको सेती प्रादेशिक अस्पतालका पुर्व मेडिकल सुपरिटेण्डेण्ड डा. गणेशबहादुर सिंह भन्छन ।
पोजेटिभ देखिएका ३ जनामा नै कुनै लक्षण नहुनुले अवस्था अझ बढी खतरा देखियो’उनी भन्छन,‘समुदायमा यो रोग फैलिरहेको छ कि छैन भनेर थाहा पाउनका लागी पहाडी जिल्लामा समेत भारतवाट फर्केका लाई बढी भन्दा बढी परिक्षण गरिनुको बिकल्प छैन ।’
लक्षण देखा नपरेको संक्रमित व्यक्ती समुदायमा भएमा भुसको आगो झै फैलिने खतरा हुने उनी बताउछन ।
‘समुदायमा कतै दोश्रो चरणवाट तेश्रोमा जाने अवस्थामा छ कि यो पत्ता लगाउन छिटो भन्दा छिटो सवैतिर परिक्षण गरिनुपर्छ’उनले भने ।
भारतवाट आएका २ जना र लोकल ट्रान्समिसन वाट संक्रमित भएकी महिलामा कुनै पनि लक्षण नदेखिएकोले कस्लाई कोरोनाको संक्रमण छ भन्ने कुरा परिक्षण बिना थाह हुने अवस्था नरहेको र परिक्षण धेरै कम भएको उनी बताउछन ।
‘दोश्रो चरण प्रवेश गरिसकेको कोरोना जतिसक्दो छिटो परिक्षण बढाएर संक्रमितको पहिचान गरि उपचार गरिएन भने तेश्रो चरण अर्थात महामारी फैलिने अवस्थामा जान सक्छ’वरिष्ठ फिजिसियन चिकित्सक शुभेस राज कायस्थले भने,‘सुदूरपश्चिममा उच्च जोखिम भएकाले सरकारले छिटो परीक्षण गरेर संक्रमितलाई अलग्याएर उपचार गरिनुपर्छ ।’
परिक्षण नै न्युन भएकाले समुदायमा संक्रमित रहेर कतै संक्रमण फैलाईरहेको त छैनन् भनेर आशंका गर्ने ठाउँ रहेको कायस्थ बताउछन ।‘भारतवाट आएका संभावित र क्वारेन्टाईनमा भएका सवैको परिक्षण गरेर संक्रमितलाई छुट्याएर उपचार गरेमा मात्र यो नियन्त्रण गर्न सकिने छ’उनले भने ।
संक्रमण देखिएका कैलाली लम्की चुहा नगरपालिका वानं ९ निवासी २१ बर्षिय युवा सँगै चैत ११ गते त्रिनगर नाकाको भिडमा मात्र ९ सय ९९ जना थिए ।
भारतवाट आएका मध्य पनि कैयौ जना क्वारेन्टाईनमा नबसी घर घर गएका छन । घर गएर पनि क्वारेन्टाईनमा नबसी गाउमा र आफन्त रहेको गाउँमा समेत घुम्ने गरेको स्थानियले बताएका छन ।‘ भारतवाटसंक्रमित युवा सँगै त्रिनगर भिडमा रहेका केही जना घर आएर गाउँमा घुमिरहेका छन’डडेल्धुराका युवा डम्वर वोहराले भने,‘ क्वारेन्टाईनमा नवसेकाले याहाँ त अवस्था खतरा भैसक्यो ।’
नेपाली सेनाको काठमाण्डौवाट आएको मेडिकल टिमले भारतवाट फर्केका मध्य कैलाली र कंचनपुरका केहि ठाउँका क्वारेन्टाईनवाट ९२ जनाको नमुना संकलन गरेको मध्य २ जनामा संक्रमण देखिएको थियो ।
ती मध्य कैलाली लम्की चुहा नगरपालिका वानं ९ का २१ बर्षिय युवक, कंचनपुर बेदकोट नगरपालिका वानं १० का ४१ बर्षिय पुरुषमा कोरोना भाईरसको संक्रमण देखा परेको हो ।
भारतवाट फर्केकालाई शुरु देखि नै क्वारेन्टाईनमा र निगरानी नराखेकर सरकार चुकेको हो । सुदूरपश्चिममा डेढ लाख फर्केपनि समाजिक बिकास मन्त्रालयका अनुसार सुदूरपश्चिमका ९ वटा जिल्लामा आइतवार क्वारेन्टाईनमा रहेकाको संख्या २४ सय ८ मात्र रहेको छ ।
‘भारतवाट आएका सवैलाई क्वारेन्टाईनमा राख्नु पथ्र्यो, त्यो भएन, अव ट्रयासिङ गरेर बढीभन्दा बढीको जाँच गरेर संक्रमितको पहिचान गरि आईसोलेसन गरिनुपर्छ ।’संक्रमितको उपचारमा संलग्न सेती अस्पताल आकस्मिक कक्ष बिभाग प्रमुख वरिष्ठ फिजिसियन जगदिश जोशीले भने ।
सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री त्रिलोचन भट्टले भारतवाट फर्केका हरु भएको प्रदेश भरी बढी भन्दा बढी परिक्षण गर्न प्रदेश सरकारले संघिय सरकार सँग समन्वय गरिरहेको बताएका छन ।
क्वारेन्टाईनमै बढी असुरक्षित
चैतको दोश्रो सातातिर कोरोना कोभिड १९ को संक्रमण पछि भारतवाट आएका हजारौ नेपालीहरु घर घर पुगिसकेका थिए , त्यतीवेला स्थानिय तह धमाधम क्वारेन्टाईन निर्माणमा जुटे । लकडाउन पछि आएकालाई क्वारेन्टाईनमा राख्न शुरु गरियो ।
लकडाउन पछि लुकिछिपी आएका र भारतवाट पहिले आएका मध्य केही व्यक्तीलाई ल्याएर पनि क्वारेन्टाईनमा राखियो । सवै गरेर अहिले सुदूरपश्चिमका ९ जिल्लामा क्वारेन्टाईनमा २ हजार ४ सय ८ जना छन । भारतवाट आएकाहरुलाई राखिएको क्वारेन्टाईनको अवस्था वेहाल छ । बिश्व स्वास्थ्य संगठनको मापदण्डको कुरा त छोडौं कुनै कुराको सावधानी नअपानाई कोचाकोच गरेर, २, ३ जनाले एउटै सिरक ओढ्ने, सामुहिक रुपमा वस्ने, खाने गरि भारतवाट फर्केकालाई क्वारेन्टाईनमा राखिएको छ । अहिले जसरी क्वारेन्टाईनमा राखिएको छ त्यो गलत भएको र त्यसले बढी जोखिम बढाउने बिज्ञहरुले बताएका छन ।
‘क्वारेन्टाईनमा वस्ने भनेको एक्ला एक्लै हो, सकभर एक कोठामा एक जना वस्ने, अलग्गै खाना पकाउने, बाथरुम सवै अलग हुनुपर्ने हो’प्रादेशिक सेती अस्पतालका फिजिसियन शेर बहादुर कमरले भने,‘अलग कोठा गर्न सकिएन भने पनि एक मिटरको दुरी कायम गर्ने , वाथरुम प्रयोग गर्दा, खाना खादा, पानी प्रयोग गर्दा सुरक्षाको उपाय अपनाएर वस्नु पर्ने हो ।’ एक जनाले अर्को संग घुलमिल हुनु नपर्ने उनी बताउछन । एउटै बाथरुम प्रयोग गर्नुपरेमा एकले प्रयोग गरेपछि सरसफाई गर्ने, ढोकामा सेनेटाईजरले सफा गर्ने र अनि मात्र अर्कोले प्रयोग गर्ने त्यस्तै अन्य कुरा प्रयोग गर्दा पनि एकवाट अर्कोमा संक्रमण सर्न नसक्ने उपाय अवलम्बन गरिनुपर्ने उनको भनाई छ । बिश्व स्वास्थ्य संगठनले क्वारेन्टाईन र आईसोलेसन राखेका व्यक्तीका लागी निर्देशिका नै जारी गरेको उनी बताउछन ।‘क्वारेन्टाईनमा लहरै संगै सुत्ने, एउटै कम्मल दुईतीन जनाले ओढ्ने, कोचाकोच भएर वस्ने, समुहमा वस्ने कुरा बेठिक हो’उनी भन्छन,‘क्वारेन्टाईनमा यसरी वस्दा त झन बढी जोखिमको खतरा हुने गर्छ ।’ क्वारेन्टाईनमा वसेका प्रत्येक व्यक्तीलाई स्वास्थ्यकर्मीको निगरानी समेत हुनुपर्ने उनी बताउछन ।
क्वारेन्टाईनमा वसेका कुनै व्यक्तीमा कोरोना कोभीड १९ को संक्रमण भएमा क्वारेन्टाईनमा वसेका अन्यमा पनि फैलिने उच्च जोखिम छ ।‘कोरोनाको कोभिडको संक्रमण हुन सक्छ भनेर नै क्वारेन्टाईनमा राख्ने हो, क्वारेन्टाईनमा राखेको प्रत्येक व्यक्तीलाई आईसोलेसनमा राखेको जस्तै उसवाट अर्को व्यक्तीमा संक्रमण नसर्ने गरि अलग राखिनु पर्छ,’उनले भने ।
दार्चुला,बैतडी, डोटी, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, कैलाली , कंचनपुरका प्राय सवै क्वारेन्टाईन मापदण्ड अनुसार छैनन्
‘एक जनामा संक्रमण देखिए हामी सवैलाई सखाप पार्ने जोखिम छ । क्वारेन्टाइनमा राखेर हामीलाई असुरक्षित बनाइएको छ’ डोटी आदर्श गाउँपालिका–२ साउँदकाँडाका विष्णु साउँदले भने ‘एउटै विस्तारामा सुतेर तीनचारजनाले एउटै कम्मल ओढ्नुपर्छ । हामीलाई कोरोनाको संक्रमण भए होस भन्ने जस्तै व्यवहार गरि कोठाभित्र कोचाकोच हुलेर राखिएको छ ।’
कोरोना भाइरसबाट जोगिन विज्ञहरुले कम्तिमा तीन मिटर दुरी कायम गर्न सुझाएका छन् तर संक्रमणको जोखिम कम गर्न बनाइएका प्रायसवै क्वारेन्टाइनको अवस्था नाजुक छ ।
‘भूईँमा कार्पेट माथी म्याटमा लहरै दर्जनौ जना सुत्नु परेको छ । तीनजनासम्मले एउटै कम्मल ओढेको छौं’ डोटी आदर्श गाउँपालिकाको शारदा माध्यामिक विद्यालयको ‘क्वारेन्टाईन’मा रहेको आदर्श गाउँपालिका–५ लामिखालका नरेश नागरीले भने ।
सरकारले ‘कोरोनाभाईरस (कोभिड–१९)सम्बन्धी क्वारेन्टाईन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड’मा एउटा कोठामा बढीमा तीनजनासम्म राख्न भनेको छ । जसमा पनि दुईबेडबीचको दुरी साढेतिन फिटसम्म राख्न भनेको छ । तर क्वारेन्टाईनमा यो पालना भएको छैन ।
स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासी निर्देशिकाले एउटा कोठामा एकजना बढीमा दुईजनासम्म राख्ने र चिकित्सकसहितको टोली र सुरक्षाकर्मीसम्मको व्यवस्था भनेको बताउछन ।
क्वारेन्टाईनमा बसेकाहरुबाट समाजमा गएर हुने संक्रमणको जोखिम घटाएपनि आपसी संक्रमणको सम्भावना भने घटाउन नसकेको उनले स्वीकारे ।
नेपालमा कोरोना संक्रमण दोश्रो चरणमा
माघ ९ गते नेपालमा पहिलो संक्रमण देखा परेको थियो । चाईनावाट फर्केका बिद्यार्थीमा देखिएको उनी उपचार पछि निको भएर घर फर्के । चैत २२ गते ट्राभल हिस्ट्रि नभएको धनगढीका महिलामा संक्रमण देखिएसँगै नेपाल दोश्रो चरणमा प्रवेश गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए ।
‘यस अघि बिदेशवाट आएकालाई मात्र संक्रमण देखिएको थियो, संक्रमित व्यक्तीवाट अर्कोमा संक्रमण सरेको नेपालमा यो पहिलो केस हो’उनले भने,‘यो केस वाट दोश्रो चरणमा प्रवेश गरेको छ ।’
तीन जनामै लक्षण छैन
चैत २२ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिपोट सार्वजनिक गर्नु अघि नै बिहानै धनगढीका एक महिलालाई एम्वुलेन्स आएर सेती अस्पताल लगेर गयो । कुनै लक्षण पनि नदेखिएकाले परिवारका मान्छे किन लगे भनेर अन्यौलमा परे । यसैगरि कैलाली लम्की चुहा नगरपालिका प्रतापुरको क्वारेन्टाईनमा रहेका २१ बर्षिय युवक र कंचनपुरका पुरुष पनि कुनै लक्षण थिएन । संकलन गरिएको थ्रोट स्वावको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा रिपोटमा संक्रमण देखिएपछि मात्र उनीहरुलाई सेती प्रादेशिक अस्पताल ल्याएर भर्ना गरियो ।
लकडाउनमा जोखिम मोल्दै भारतबाट फर्किए नेपाली
भारतको रिमामा काम गर्दै आएका बैतडीको डिलासैनी गाउँपालिका–१, कोटपेटराका ४८ वर्षीय इन्द्रराज खत्री सोमबार महाकाली नदी तरेर नेपाल प्रवेश गरे । शरीरमा कट्टु मात्र लगाएको अवस्थामा नियन्त्रणमा लिएर प्रहरी नाङ्गै उनलाई बजारमा हिडाएर सीमा पुलमा रहेको प्रहरी पोष्टमा पु¥यायो । उनलाई नांगै बजारमा हिडाएको तस्विरले समाजिक सन्जालमा चर्चा समेत पायो । सिमाको पुल खुल्ने आशमा उनीहरु तीन दिन देखि दार्चुलाको सिमावर्ती क्षेत्र धार्चुलामा
रहेका उनी पुल खुल्ने छाँटघाट नदेखेपछि जोखिम मोल्दै नदीमा पौडी खेलेर नेपाल प्रवेश गरेका हुन् । उनी जस्तै महाकाली नदी पौडी खेलेर करिव ४०, ५० जना भत्रिएका छन । ‘काल नै आएपछि भने महाकालीमै ज्यान जाला भनेर महाकालीमा हाम फाले, पानीको भंगालो कम भएकाले नदी पार गर्न सकेर वारी पुगियो’उनले भने,‘परिवारको धेरै माया लागेकोले महाकालीमा हाम फालेर पौडिएको हुँ ।’
गाउँमा बढी जोखिम
भारतका बिभिन्न राज्यमा कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिएपछि भारतमा होटल, कम्पनी, कलकारखाना बन्द भए । त्यहाँ काम गर्ने नेपाली मजदुर घर फर्किए । घर गएका उनीहरु होम क्वारेन्टाइनमा समेत वस्न इन्कार गरि गाउँभरी घुम्ने, सार्वजनिक स्थलमा जम्मा हुने गरेका छन । दशौ हजार भारतवाट आएकाहरु गाउँभरी छरिएर रहेका र जताततै उनीहरुको चहलपहलले गाउँमा त्रास बढेको स्थानिय बताउछन । ‘हाम्रो गाउँमा भारतवाट आएका ३०, ४० जना जती छन, उनीहरु गाउँभरी घुम्ने, जहा मन लाग्यो त्याहाँ गएर वस्ने गरेका छन’डडेल्धुराका एक महिलाले भनिन् ।
भारतवाट घर फर्केकाहरुको भिडभाड र चहलपहलले गाउँमा त्रास बढेको उनले बताइन् ।
घरमै दुई हप्ता अलग बस्न आग्रह गर्दा पनि भारतबाट आएका अधिकाशंले अटेर गरेका छन । भारतवाट आएकाहरु क्वारेन्टाईनमा नवसी घरघर घुमेकाले गाउँमा जोखिम भएको डिलासैनी गाउँपालिका स्वास्थ्य संयोजक नवराज जोशी बताउछन ।
कोरोनाको विश्वव्यापी महामारी फैलिएपछि जिल्लामा धेरै जना बाहिरबाट भित्रिएका छन् उनीहरु कुन अवस्थामा बसेका छन् त्यसबारे स्थानीय तहले चासो दिनु पर्ने स्थानिय बताउछन । भारतका विभिन्न ठाउँ र तेस्रो मुलुकहरु दुवइ, फ्रान्स र साउदी बाट गाउँ आएका पनि गाउँमा छन् ।
‘भारतवाट आएकाहरु मनलागी जताततै घुमिरहेकाले त्रास बढेको छ छन’ बझाङ छबिसपाथिभेरा गाउँपालिकाका राम धामीले भने ।
भारतवाट फर्केकाहरुले वोका खसी काटेर भोज गर्ने गरेका छन । तास खेल्ने र तास हेर्नेको भिड समेत लाग्ने गरेको छ ।
सिमापारी मजदुर अलपत्र
सरकारले सिमा बन्द गरेपछि दार्चुला पारी धार्चुलामा एक हजार बढी मजदुरको बेजोग भएको छ । भारतिय सुरक्षाकर्मीले क्वारेन्टाईनमा राखेर खाने वस्ने व्यवस्था गरेको भनिएपनि उनीहरुले राम्रो सँग खान नपाएको र सुत्न समस्या हुने गरेको बताएका छन ।
नेपाल सीमापारी दार्चुलाको एउटा विद्यालयमा एकसाता देखि बस्दै आएका पुर्चौडी नगरपालिका–४, का दिपक धानुक हरेक बिहान घर जान पाउने प्रतिक्षामा बिउझिन्छन्, तर अहिलेसम्म उनले घर जान पाएका छैनन । ‘सीमा वारी आफ्नो देश देखिन्छ तर त्यहाँ पुग्ने बाटो छैन । आफ्नै देशको माटो छुन पाएको छैन’उनले भने ।
एउटै कोठामा ५० जनासम्म कोचाकोच गरेर सुत्छन् । क्वारेन्टाइनमा हुनुपर्ने समान्य मापदण्डसमेत नभएको ठाउँमा उनीहरुलाई कोचाकोच गरेर कोठा भित्र राखिएकोले संक्रमण सर्ने त्रासमा उनीहरु छन ।
बासी भात मिसाएर खुवाउने गरेको उनीहरुको आरोप छ । स्वास्थ्य जाँच गर्न पहिलो दिन मात्र स्वास्थ्यकर्मी आए त्यसपछि फर्केका छैनन ।
संक्रमितको अवस्था समान्य
सुदूरपश्चिमको कैलाली र कंचनपुरमा देखा परेका ४ जना संक्रमितको सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । पहिलो संक्रमित देखिएका दुवै वाट फर्केका धनगढी उपमहानगरपालिका वानं ५ का युवक दुई साता देखि अस्पतालमा छन अन्य ३ जनाको चैत २२ गते देखि अस्पतालमा उपचार भैरहेको छ । बिश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना कोभीड १९ संक्रमणले बिश्वलाई नै आक्रान्त बनाईरहेका वेला अहिले सम्म यसको औषधी पत्ता लागी छैन, तर पनि छिमेकी मुलुृक भारत, धेरै संक्रमण फैलिरहेको अमेरिका लगायतका मुलुकले कोरोना संक्रमित बिरामीलाई बिभिन्न औषधी प्रयोग गरिरहेका छन, नेपालमा भने कोरोना संक्रमण देखिएका विरामीलाई कुनै औषधी प्रयोग गर्ने भन्ने अहिले सम्म कुनै गाईड लाईन बनेको छैन । तर कोरोना संक्रमित उपचारमा संलग्न चिकित्सले बिश्वभरी अहिले सम्म रिसर्च गरेर प्रयोग गर्ने गरिएका केही औषधी प्रयोग गरेर संक्रमितको उपचार गरिरहेका छन । कोरोना कोभीड १९ को औषधी पत्ता लागेको छैन, बिभिन्न अनुसन्धानले केही औषधीको प्रयोगले मृत्युदर घटाएको पाइएकोले तेस्ता उपयोगी औषधी प्रयोग गरिरहेको चिकित्सकले बताएका छन ।
संक्रमितको उपचारको नेतृत्व गरिरहेका चिकित्सक शेरबहादुर कमरले संक्रमणले जटिल अवस्था नहोस भनेर शुरुमा ४ जना बिरामीमै अजिथ्रोम्याक्सिन औषधी प्रयोग गरिएको उनले बताए । एक जना बिरामीमा भने मलेरियाका लागी उपयोगी हुने क्लोरोक्वाईन पनि प्रयोग गरिएको उनको भनाई छ ।
कोरोनाको संक्रमण जटिल भयो भने मुख्य फोक्सोमा असर गर्ने र अनि कलेजो, मृगौलामा असर गर्ने उनी बताउछन । फोक्सो र मृगौलामा असर गरेपछि अन्य अंगल समेत काम गर्न छोडेर बिरामीको मृत्यु हुने गर्छ । इण्डिया मेडिकल काउन्सिलको गाईडलाईनमा, भारतको एम्स हस्पिटलको गाईड लाईनले कोरोना कोभिड १९ मा मलेरियामा प्रयोग हुने औषधी प्रयोग गर्न अनुमती दिएको उनले बताए । विपी कोईराला इन्सिच्युट धरानले अनुमती दिएपनि नेपालमा अहिले सम्म कुन औषधी प्रयोग गर्ने भनेर गाईडलाईन नबनाइएकोले औषधी प्रयोग गर्न पनि समस्या भएको चिकित्सक बताउछन ।
६० भन्दा बढी उमेर भएका दमका रोगी ,दिर्गरोघी, वाथरोग,मृगौला रोगको औषधी प्रयोग गरेका लगायतकालाई कोरोना भाईरस कोभीड १९ को संक्रमण जटिल देखिने उनी बताउछन । संक्रमित ४ जना नै उमेर र अन्य रोगको समस्या नभएकाले पनि समान्य लक्षण देखिएको हुन सक्ने उनी बताउछन ।
नेपालमा बच्चा देखि नै बिभिन्न रोग सँग जुद्धै आएको हुनाले पनि संक्रमणले धेरै असर पुगाउन नसकेको हुन सक्ने चिकित्सक कमरको भनाई छ । अनुसन्धानकै बिषय भएपनि क्षयरोगको बिरुद्धको खोप लगाएकाले पनि याहाँ संक्रमण को लक्षण समान्य भएको हुन सक्ने पनि उनको भनाई छ ।
भेन्टिलेटर र आईसियुको अभाव
सुदूरपश्चिमममा कोरोनाको उपचार भैरहेको सेती प्रादेशिक अस्पतालमा एक मात्र भेन्टिलेटर रहेको छ । सुदूरपश्चिममा यसको संक्रमण युरोपमाजसरी वा छिमेकी मुलूक भारतमा जसरी फैलिए के होला ? यसको कल्पना समेत गर्न सकिदैन ।
डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जगदीश विष्ट प्रकृतीको बिरामीलाई समयमै ‘आईसोलेसन आईसीयू’मा नराखे ज्यानै जानसक्ने जोखिम रहेको बताउछन । ‘गम्भिरका लागि ‘आईसोलेसन आईसीयू’ अझै भेन्टीलेटर चाहिन्छ । जुन हामीसंग छैन् ।’उनले भने ।
कोभिड–१९का गम्भिर बिरामीलाई अनिवार्य मानिने आईसीयू र भेन्टीलेटर सुदूरपश्चिम पहाडमा शुन्य छ । प्रदेशभरीमा सेती प्रादेशिक अस्पतालमा आईसीयू वेड जम्मा पाँचवटा छन् । जसमध्ये एउटामा मात्रै भेन्टीलेटर जडान छ । भने महाकाली अस्पतालमा ४ आईसियू छन ।
सेती प्रादेशिक अस्पताल धनगढीका प्रवक्ता एबं ईमरजेन्सी विभाग प्रमुख डा. जगदीश जोशीले संक्रमण फैलिए भेन्टिेलेटर र आईसियुको अभावले समस्या हुने बताए ।