Thursday, September 19, 2024

हावाहुरीका कारण चार जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न स्थानमा बुधबार बिहान आएको हावाहुरीका कारण चार जनाको मृत्यु भएको छ ।

झापा, उदयपुर,सिरहा र धनुषामा हावाहुरीका कारण चार जनाले ज्यान गुमाएका छन् ।

मुत्यु हुनेमा उदयपुरको कटारी नगरपालिका १ कालीखोलाकी ६५ वर्षीया आइतीमाया माझी र धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाकी ५८ वर्षीय दुसीदास आत्मा रहेकी छिन् । 

यसैगरी झापाको कचनकवल गाउँपालिका ७ बालुवाडीमा हावाहुरीका कारण बिजुलीको तार चुडिएर करेन्ट लागि स्थानीय ६१ वर्षीया हर्कमाया लिम्बु मृत्यु भएको प्रहरीले बताएको छ ।

त्यस्तै हावाहुरीका कारण घर भत्कदा चेपिएर सिरहा मिर्चैया नगरपालिका–१० का एक वृद्धको   मृत्यु भएको छ ।
बिहान ५ बजेतिर अचानक चलेको तीव्र गतिको हावाहुरीले घर भत्काउँदा घरभित्र सुतिरहेका ७५ वर्षीसगुनी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी हावाहुरीले घरको पिलर भाँचिएर सुरपालिका–९ स्थित अशोक गुप्ताको घर बनाउन आएका मिस्त्री सप्तरी कञ्चनरुप नगरपालिका–८ रुपनगरका २६ वर्षीय श्रीप्रसाद सरदार घाइते भएको स्थानीयवासीले बताएका छन् ।
उहाँको स्थानीय क्लिनिकमा उपचार भइरहेको जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार