Thursday, September 19, 2024

जलेश्वर–जनकपुर सडक अवरुद्ध

गौशाला–भीषण वर्षाका कारण महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड बुधबार बिहानैदेखि अवरुद्ध भएको छ।

जिल्लाकै प्रमुख सडकखण्डका रुपमा रहेको जलेश्वर–जनकपुर सडकको फोर लेन सडक निर्माण सहितको स्तरोन्नतिको काम भइरहेका बेला गए राति २ देखि आज बिहान साढे ६ बजेसम्म भीषण पानी परेका कारण सो बाटो अवरुद्ध भएको हो।

जनकपुरदेखि जलेश्वर र भिट्ठामोडसम्म पूरै बाटोभरि नै माटैमाटो रहेको बेला पानी परेपछि सवारी साधान फस्ने डरले आज बिहानैदेखि बाटो अवरुद्ध भएको हो। बाटोभरि पानीले गर्दा हिलैहिलो भएकाले कुनै पनि बस, जीपका साथै मोटरसाइकलसमेत चलेको छैन।

भीषण पानी पर्दा लाखौको क्षति

महोत्तरी जिल्लामा गएराति भीषण पानी पर्दा लाखाँैको क्षति भएको छ । तेज हावा, हुरीसँगै आएको असिना पानीले जिल्लाका दर्जनाँै घर, विद्यालयको छाना उडाएको, रूखबिरुवा र बिजुलीका पोलहरुसमेत ढलेको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा आएको हुरी, बतास र असिना पानीले जिल्लाको सयौँ बिघा जग्गामा लगाएको तरकारी बाली र अन्य खेतीपातीमा पनि लाखौँको क्षति पुगेको प्रहरीले जनाएको छ ।

साथै वर्षाकै कारण गए राति २ बजेदेखि नै जिल्लाका सम्पूर्ण गाउँठाउँको बिजुलीसमेत अवरुद्ध भए पनि कुनै पनि मानवीय क्षति भने नभएको प्रहरी उपरीक्षक कुवेर कडायतले बताए। रासस

ताजा समाचार

सम्बन्धित समाचार