Sunday, June 8, 2025

बाघको छाला र हड्डी ओसारपसार गर्ने पक्राउ

काठमाडौं – बाघको छाला र हड्डी ओसारपसार तथा बिक्री वितरण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले संरक्षित वन्यजन्तु बाघको छाला तथा हड्डी अवैध रुपमा ओसार पसार गर्ने मकवानपुर बागमती गाँउपालिका वडा नं. ४ जरायोटार लम्कनाका २९ वर्षीय चेत बहादुर वाईबालाई पक्राउ गरेको हो ।

बाघको छाला थान १ (एक) तथा हड्डी ९ के.जी. सहित वाईबालाई बैशाख २३ गते प्रहरीले पक्राउ गरेको थियो ।

वाईबालाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय फाँपरबारी मार्फत जिल्ला वन कार्यालय मकवानपुरमा बुझाए सिआईबीका प्रवक्ता तथा प्रहरी उपरिक्षक मीना चौधरीले बताईन् ।

माघको छाला तथा हड्डी ओसारपसार गर्नेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) अनुसार पाँच लाख रुपैँयादेखि दश लाख रुपैँयासम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

ताजा समाचार

सम्बन्धित समाचार