Thursday, April 3, 2025

कोप-२५ मा थनवर्गको सम्बोधन भनिन्, ‘सरकारबाट होइन् मानिसबाट परिर्वतन सम्भव छ’

काठमाडौँ– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघ संरचना महासन्धिको पक्ष राष्ट्रको सम्मेलन (कोप)मा १६ वर्षिया बालिका ग्रेटा थनवर्गले मानिसहरूबाट परिर्वतन सम्भव रहेको बताएकी छन् ।

स्पेनको राजधानी म्याड्रिडमा जारी कोप–२५ लाई सम्बोधन गर्दै सरकारबाट केही परिर्वतन नहुने भन्दै मानिसले सो काम गर्न सक्नेमा आफू आशाबादी रहेको थनवर्गले बताएकी हुन् ।

उनले भनिन्, ‘म भन्दै छु आशा अझै छ । मैले देखेको छु । तर त्यो सरकारबाट आउँदैन । त्यो नागरिकबाट आउँछ । जो मानिसहरू अनविज्ञ थिए उनीहरूमा जागरूकता आएको छ । हामी एकपटक जागरूक भयौं भने हामी परिर्वतन गर्न सक्छौं । मानिसहरू पनि परिर्वतन गर्न सक्छन् । परिर्वतनको लागि उनीहरू तयार छन् ।’

प्रजातन्त्र भएका कारण पनि आशावादी हुन सक्ने भन्दै उनले भनिन्, ‘प्रजातन्त्रका कारण पनि हामी आशावादी हुन सक्छौं । प्रजातन्त्र हरेक समय हुन्छ । निर्वाचनको दिन मात्र होइन लोकतन्त्र हरेक सेकेण्ड र हरेक घण्टा हुन्छ । यो सर्वसाधारणको विचार हो जसले स्वत्रन्त संसार चलाउँछ । हामी इतिहास हेर्न हो भने पनि विश्वमा ठूलाठूला परिर्वतन जनताको कारण भएको छ । हामीले पर्खनु पर्दैन् । परिर्वतन हामी आजैबाट शुरु गर्न सक्छौं । हामी मानिसहरूबाट ।’
गत एक वर्षदेखि जलवायु परिवर्तनको असर कम गर्नका लागि तत्काल केही कदम लिन विश्वकै ध्यानाकर्षण गराउँदै आएकी ग्रेटाको चर्चा संसारभर छ ।

जलवायु परिवर्तनको लागि प्रत्येक शुक्रबार विद्यालय बहिष्कार सडकमा आवाज उठाउने उनको अभियानले विश्वव्यापी रुपमा चलिरहेको छ ।

विशेषत जलवायु परिवर्तनको असर कम गर्नका लागि राजनीतिक तहबाट कुनै पनि सक्रिय पहल नभएको भन्दै उनले हरेक शुक्रबार विद्यालयमा हड्ताल गर्ने अभियान शुरु गरेकी हुन् ।

यसअघिको न्यूयोर्कमा भएको जलवायु परिवर्तन सम्वन्धी राष्ट्रसंघिय सम्मेलनमा ग्रेटाल गर्दै विश्वका नेतालाई वातावरण जोगाउन तत्काल कदम चाल्न आग्रह गरेकी थिइन् ।

ताजा समाचार

सम्बन्धित समाचार