Wednesday, October 23, 2024

जारको पानी पिउनै नहुने

कुराकानी
[zoomsounds_player artistname=”bihani kura” type=”audio” dzsap_meta_source_attachment_id=”3298″ source=”http://www.hakahakionline.com/np/wp-content/uploads/2018/05/Bihani-Kura-Final-01-26.mp3″ thumb=”http://www.hakahakionline.com/np/wp-content/uploads/2018/05/bihani-kura-anup.jpg” config=”default” autoplay=”off” loop=”off” open_in_ultibox=”off” enable_likes=”off” enable_views=”off” play_in_footer_player=”off” enable_download_button=”on” download_custom_link_enable=”off”]

काठमाडौं उपत्यकामा विभिन्न स्रोतबाट आएका पानी मात्र नभई जारबाट ल्याइने पानी पनि अयोग्य पाइएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले गरेको परिक्षणमा उपत्यकामा ल्याइने जारका पानी पनि पिउन अयोग्य देखिएको हो।

नाष्टका वातावरण वैज्ञानिक अनुप बस्नेतका अनुसार जारको पानीमा पनि विभिन्न किटाणु भेटिएकाले त्यत्तिकै पीउन हुँदैन। बुधबार बिहान रेडियो सगरमाथाको बिहानी प्रस्तुती बिहानी कुरामा कुराकानी गर्दै उनले उपत्यकामा रहेका धाराका पानी जस्तै जारको पानी पनि अशुद्ध रहेको प्रष्ट पारे।

यहाँको पानीमा मानव स्वास्थ्यमा खराब गर्ने आइरन, ब्याक्टेरिया, अमोनिया र कोर्लिफर्म जस्ता वस्तु भेटिएको उनले जानकारी दिए। ‘वातावरणीय संक्रमण बढ्दै गएकाले पानीका स्रोतहरु संक्रमित भइसकेका छन् ’, उनले भने, ‘खोलाका किनारमा इनारबाट आउने पानी पनि प्रदुषित छ।’

होटल तथा पसलमा जारको पानीकै प्रयोग बढ्दै आएको छ। यसैगरी घरघरमा पनि जारको पानीको माग बढ्दो छ।

जारको पानीमा पनि विभिन्न किटाणु देखीने हुँदा उमालेर खान चिकित्सकले सुझाव दिदै आएका छन्। जारको पानी चाहीँ पीउन नहुने छ, धारा र जारको पानीमा कुनै फरक छैन’, उनले भने, ‘जारको पानीमा २ सय भन्दा बढि कोर्लिफर्मका. मात्रा देखएिको छ।’ नाष्टले परिक्षणबाट अयोग्य ठहरिएका  पानी कम्पनीलाई उत्पादन बन्द गर्न भनिसकेको छ।

ताजा समाचार

सम्बन्धित समाचार