Thursday, April 10, 2025

ज्वालामुखी विस्फोटन, मृतक व्यक्तिका बारेमा प्रहरीको अनुसन्धान शुरु

वेलिङ्टन– न्यूजील्याण्ड प्रहरीले मङ्गलबार ‘सेतो टापु’ भनेर चिनिने ह्वाइट आइल्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट १३ जनाको मृत्यु भएको घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ ।

ज्वालामुखीको खतरा छ भन्दै सोमबारको प्रकोपको एक हप्ता अघि नै चेतावनी दिइए पनि त्यसलाई बेवास्ता गरेको भन्दै चौतर्फी आलोचना भइरहेको समयमा प्रहरीको यस्तो भनाई सार्वजनिक भएको हो । पर्यटकका लागि निकै लोकप्रिय उत्तरी द्वीपका तटीय इलाका भ्रमण नगर्न दिइएको सुझावलाई टुर अपरेटरहरुले बेवास्ता गरे नगरेको विषयमा प्रहरीले छानबिन गर्न लागेको हो ।

प्रहरीले एक वक्तव्य जारी गरी ज्वालामुखीमा “मृत्यु र घाइतेको अवस्थाका बारेमा अनुसन्धान सुरु गरेको” जनाएको छ ।

यद्यपि, उनीहरूले फौजदारी अभियोगको अनुसन्धान गर्ने भनी यसअघि गरेको घोषणा भने फिर्ता लिएका छन् । प्रहरीले फौजदारी अभियोगमा छानबिन गर्न नचाहनुको कारण भने खुलाएको छैन ।

प्रहरीले छानबिन थाल्ने घोषणा गर्नुअघि ट्राभल अपरेटर कम्पनी ह्वाइट आइल्यान्ड टुर्सले सुरक्षात्मक सबै जिम्मेदारी पूर्ण रुपमा पालना गरेको जनाएको थियो ।

अधिकारीहरूले पाँच जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने अरु आठ जना बेपत्ता छन् । हराइरहेका आठ जनाको मृत्यु भएको उद्धारकर्ताहरुले अनुमान गरेका छन् । न्यूजील्यान्डको सबैभन्दा सक्रिय ज्वालामुखी ह्वाइट आइल्याण्डमा सोमबार दिउँसो ज्वालामुखी विस्फोट भएको थियो ।

कम्पनीले पर्यटकहरुलाई ह्वाइट टापुमा सतर्कता स्तर २ मा हुँदा लैजानु नै भूल हो भन्दै क्विनले यस अवस्थामा ज्वालामुखी विस्फोट हुने खतरा मध्यमदेखि उच्च हुने गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार