न्यूजील्यान्ड– न्यूजील्यान्डमा एउटा ज्वालामुखी विस्फोट भएपछि कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । विस्फोट हुनु केही क्षणअघि ज्वालामुखीको मुखनजिकै पर्यटकहरू हिँडेको देखिएको बताइएको छ।
प्रहरीका अनुसार २३ जनालाई उद्धार गरिएको छ। उक्त स्थानमा उद्धार गर्न निकै जोखिमपूर्ण मानिएको थियो।उद्धारकर्मीहरूका अनुसार घाइतेमध्ये केही गम्भीर अवस्थामा छन्। घाइतेहरूको शरीर पोलेको छ।
देशको उत्तरपूर्वी भेगको ह्वकारी पनि भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको हो।
सन् २००१ यता त्यहाँ भएको यो पहिलो ज्वालामुखी विस्फोट हो। प्रधानमन्त्री जसिन्डा आर्डर्नले सो घटनालाई निकै ठूलो भनेकी छन्।
माछा मार्ने व्यवसायमा संलग्न एक स्थानीयवासीले विस्फोटपछि सो क्षेत्रमा च्याउजस्तो आकारमा विशाल धूँवाको मुस्लो देखिएको बताए। स्थानीय समयानुसार दिउँसो २ः११ बजे विस्फोट भएको थियो।