Friday, April 18, 2025

कोस्टारिकामा भूकम्प

न्युयोर्क– कोस्टारिकामा आइतबार ५.२ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ ।

यस भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ३० किलोमिटर गइराईमा रहेको बताइएको छ । यस भूकम्पबाट हालसम्म जनधनको क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।

ताजा समाचार

सम्बन्धित समाचार