Saturday, April 19, 2025

इन्डोनेशियामा दुर्लभ बाघको छाला र भ्रूणसहित पाँच पक्राउ

इन्डोनेशियामा– इन्डोनेशियामा दुर्लभ सुमात्रन प्रजातिको बाघको छाला र चारवटा भ्रूणसहित पाँच व्यक्ति पक्राउ परेका छन्।

प्रहरीका अनुसार छाला वयस्क बाघको हो। फेला परेका भ्रूणहरू एउटा सिसाको भाँडोमा रहेको बीबीसीले जनाएको छ ।

इन्डोनेशियाको पर्यावरण र वन मन्त्रालयका एक अधिकारीका अनुसार एउटा सुराकका आधारमा ती सन्दिग्ध व्यक्तिहरूलाई पक्राउ गरिएको थियो।

तीमध्ये दुई जनाले बाघका भ्रूण र छाला बेच्न खोजेको बताइएको छ। दोषी प्रमाणित भए उनीहरूलाई पाँच वर्ष कारागार र १० करोड इन्डोनेशियाली रुपिया (झन्डै ७१०० अमेरिकी डलर) दण्ड हुन सक्छ।

ताजा समाचार

सम्बन्धित समाचार