Saturday, April 19, 2025

राजमार्गका खाल्डाखुल्डी तत्काल पुर्न मन्त्री नेम्माङको निर्देशन

भरतपुर- भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पृथ्वीराजमार्ग र त्रिभुवन राजपथका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका छन्। आइतबारसडक डिभिजन भरतपुरका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री नेम्वाङले मुख्य राजमार्गको आवागमन सहज बनाउन खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिए । उनले राजधानी जोड्ने मुख्य सडक भएकाले जिम्मेवारपूर्वक तीव्र गतिमा काम गर्नुपर्ने बताए । उनले सबै कर्मचारी अग्रसर भएर काम गर्नुपर्छ भन्ने भावनाबाट अघि बढ्नुपर्ने बताए ।

पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको चितवन र धादिङ खण्ड मर्मतको काम डिभिजन सडक कार्यालय भरतपुरबाट हुने गरेको छ । पृथ्वी राजमार्गको ८२ किलोमिटर र त्रिभुवन राजपथको ४२ किलोमिटर सडकमा नियमित मर्मत भइरहेको छ । मोफसललाई काठमाडौँ जोड्ने मुख्य यो सडक विस्तारको प्रक्रिया पनि अघि बढेको छ ।

सो क्रममा मन्त्री लामाले भरतपुरको बाइपास सडकको समेत निरीक्षण गर्नुभएको छ । यस्तै मन्त्री नेम्वाङले नारायणगढ–मुग्लिन सडक, पृथ्वीराजमार्ग र त्रिभुवन राजपथकोसमेत निरीक्षण गरेका छन् । डिभिजन प्रमुख कृष्णराज अधिकारीले कार्यालयको प्रगति विवरणबारे जानकारी गराए ।

ताजा समाचार

सम्बन्धित समाचार