Wednesday, January 28, 2026

वन तथा वातावरणमन्त्री बस्नेत स्पेन प्रस्थान

काठमाडौँ– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २५) मा सहभागी हुन गएराति स्पेन प्रस्थान गरेका छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेनको म्याड्रिडमा सुरु कोपको विशेष सभालाई मन्त्री बस्नेतले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ ।

म्याड्रिड उड्नुअघि मन्त्री बस्नेतले नेपालले यसपटक हिमालयहरुमा हिउँ पग्नले क्रम तीव्र रुपमा बढेकाले विश्वतापमानमा प्रत्यक्ष नकारात्मक प्रभाव पारेकोतर्फ सभाको ध्यानाकर्षण गराउँदै त्यसबाट उत्पन्न विशम परिस्तिथिको सामना गर्ने सम्बन्धमा योजना तय गर्ने प्रस्ताव राख्ने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार